• होमपेज
  • विचित्र संसार
  • आफ्नै लोग्ने बिक्रिमा !

आफ्नै लोग्ने बिक्रिमा !

  • बुधबार, माघ ५, २०७८
आफ्नै लोग्ने बिक्रिमा !

रिसको झोँकमा मानिसले के सम्म गर्दैन ! न्युजिल्याण्डमा एक युवतीले आफ्नै लोग्नेलाई बिक्रि गर्नका लागि अनलाइनमा लिलामीमा राखिन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि ती महिलाले लोग्नेलाई अनलाइन लिलामीमा राखेकी हुन् ।

बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएपछि ती पुरुष आफ्नै पत्नीद्धारा
झण्डै बिक्रि भएका थिए ।

आफ्नै पतिलाई अनलाइन बिक्रिमा राख्ने ती महिलाको नाम लिन्डा म्याक एलिस्टर हो । उनले आफ्नो पति जोन म्याक एलिस्टरलाई अनलाइन किनमेल गर्ने साइटमा लिलामीमा राखिन् ।

त्यसमा उनले आफ्नो पतिको तस्वीरसहित प्रोफाइल तयार गरेर गज्जबको विज्ञापन तयार गरेकी छिन् । जसमा पतिको उमेर ३७ वर्ष, उचाइँ ६ फिट १ इन्च
रहेको र पेशाले किसान रहेको उल्लेख छ ।

John McAlister was listed on auction site Trade MeLinda said her husband 'should remain loyal if kept fed and hydrated'

पतिका यसअघि पनि धेरैजना मालिक रहेको भन्दै यदि राम्रो खानपिन गराएमा इमान्दार रहने उल्लेख छ । त्यस्तै बिक्रिमा रहेको आफ्नो लोग्नेको विवरणमा प्रयोग भैसकेको उल्लेख गरेकी छिन् ।

सन् २०१९ मा बिहे गरेका लिन्डा र जोनका दुईजना छोरा छन् । तर पत्नी र छोराहरुको उनलाई मतलबै नभएको गुनासो लिन्डाको छ ।

पति बिक्रिमा शीर्षकमा उनले राखेको अनलाइन लिलामीमा खरीदकर्तासम्म नि:शुल्क रुपमा लोग्ने डेलिभरी गरिदिने उल्लेख छ ।

२५ डलर सुरुवाती मूल्य राखिएको जोनको लिलामीमा १२ जनाले बोली लगाए र सबैभन्दा बढी बोली लगाउनेले १ सय डलर तिर्न तयार भए । तर धन्न जोन
म्याएलिस्टर १ सय डलरमा बिक्रि हुनु परेन ।

पछि पतिसँगको समझदारीमा लिन्डाले अनलाइनबाट उक्त विज्ञापन हटाइन्। एजेन्सीको सहयोगमा

Facebook Comments

सम्बन्धित समाचार

एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
एनआईसी एशिया बैंकद्वारा कर्जामा अधिकतम प्रिमियमदर ३% कायम
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
नविल स्कुल अफ सोसल इन्टरप्रिनियरसीप कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
अमेरिका जान हिँडेका हिमालयन बैंकका सीइओ राणा अन्तराष्ट्रिय बिमानस्थलबाट फिर्ता, इन्टरपोल मार्फत फाइनान्ससीयल फ्रड गरेको आरोपः दुई नयाँ जुनियर असिस्टेन करारमा नियुक्त साथै दर्जनौ उच्च कर्मचारीलाई करार अवधि थपः राष्ट्र बैंक बेखबर

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
सिटिजन्स बैंकका ग्राहकले बुटवल हार्ट क्लिनिकमा छुट पाउने
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर
कनेक्ट आईपीएससँँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर