• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंक र नेपालक्यान्सर अस्पताल बीच सम्झौता

महालक्ष्मी विकास बैंक र नेपालक्यान्सर अस्पताल बीच सम्झौता

  • सोमवार, भदौ १६, २०७६
महालक्ष्मी विकास बैंक र नेपालक्यान्सर अस्पताल बीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रा. लि.सँग मिति २०७६÷०५÷१०गते एक सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौतापत्र एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेव ाशुल्कमा छुट पाउनु हुनेछ । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा१०%, रेडियसन थेरापी र बीच थेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्तगर्न सक्नु हुनेछ ।

देशका ९९ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि