भूपेन्द्र आचार्य । नयाँ वाफिया पारितसँगै वाणिज्य बैंक र विकास बैंक भित्र सञ्चालक हाबी भएको प्रस्टै वाहिर आएको छ । बैंक व्यवस्थापन टिमलाई सञ्चालक समितिले पेल्न थालेपछि आधा दर्जन वाणिज्य बैंकका सिइओहरुले पदबाट राजीनामा दिएका छ ।
बैंकिङ नम्स नबुझेका सञ्चालक भएपछि कर्जा प्रवाह देखि साना÷साना कर्मचारी भर्नामा समेत बैंक बोर्डले हस्तक्षेप गरेको पूर्व बैंकर सचिन जोशीले बताए ।
प्रत्येक काममा बोर्डलाई सोध्नु पर्ने, बैंकको करपुरेट सुसाशन विपरित काम गर्न दबाब दिएपछि आफूले बैंकको सिइओ पदबाट राजीनामा दिएको उनीले राजतिलक साप्ताहिकसँग बताए ।
बिगत ६ महिनामा आधा दर्जन बैंकरहरुले बैंक छोडेका छन् । ग्लोबल आइएमई बैंकबाट अनिल ज्ञावली, एनआईसी एशियाबाट लक्ष्मण रिसाल, नविल बैंकबाट सचिन जोशी, सेञ्चुरी बैंकबाट अनुजमणी तिमल्सीना, बैंक अफ काठमाण्डुबाट अजय श्रेष्ठ र सिभिल बैंकबाट किशोर मर्हजनले राजीनामा दिएका उदाहरण हामीसँग छन् ।
अधिकाशं बैंक एउटा समुह र ग्रुपले चलाएपछि त्यही समूह र ग्रपको निर्देशन काम गरेकाहरुको जागिर बाँकी छ नत्र बैंकमा टिक्न गाह्रो छ । एक सिइओले बताए । ती बैंकरले प्रस्टै हाम्रो यो प्रश्नमा भने ।
के अहिले बैंकहरु व्यवस्थापनले होइन सञ्चालक समितिले चलाइरहेको छ ? हामीले बैंकिङ छाडेकादेखि बैंकमै भइरहेका
केही बैंकरहरुसँग कुराकानी गरेका थियौं । अधिकांशको जवाफ– पैसा हालेका कारण बैंक मेरै हो भन्ने त सञ्चालकहरुलाई लाग्छ नै । पूँजी वृद्धिपछि भने उनीहरुको हस्तक्षेपको स्तर अझ बढ्न थालेको छ । यो डर लाग्दो पक्ष हुनसक्दछ ।
केही महिनाअघि एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बोर्डमा लैजाने एजेण्डाहरु तयार पार्दै थिए।
तर सञ्चालक समितिमा उनले लगेको एजेण्डामाथि छलफलै भएन। अध्यक्षले एजेण्डा ल्याए, सञ्चालक समितिले ‘लाहाछाप’ लगायो। प्रमुख कार्यकारी साक्षी मात्रै भए । यो कतिदिन चल्ने हो । कहाँ छ राष्ट्र बैंक किन बोल्दैन ।
यस्तो समस्या अहिले अधिकांश बैंकहरुमा छ। ’कति कुरा भन्ने कति कुरा नभन्ने मात्र हो। तर सबै व्यवस्थापकहरु अहिले अनावश्यक हस्तक्षेपको शिकार भएका छन्’ केही समयअघि बैंकबाट बाहिरिएका एक बैंकरले भने, ‘पहिले पनि हुन्थ्यो तर अचेल हस्तक्षेप होइन । निर्णय नै गराउने परम्पराको थालनी फेरि शुरू भएको छ ।
बैंकरहरुको अनुभवमा अहिले बैंकिङमा तीन खाले सञ्चालकको चरित्र देखिएको छ । एक अध्यक्षकै होल्डमा बैंक हुन्छ । उसले भने बाहेक त्यहाँ सिन्का पनि हल्लिँदैन ।
‘सिइओले सञ्चालक समिति बैठकमा एजेण्डा नलगे पनि हुन्छ। अध्यक्षको होल्ड भएको बैंकमा एजेण्डा पनि उसैको, निर्णय पनि उसैको हुन्छ’ ती पूर्व प्रमुख कार्यकारीले भने, ‘सिइओले फाइल मिलाउने काम मात्र हो । हामीलाई निर्णय पछि थाहा हुन्छ । नि !’
सिइओलाई बाहिर देखाउन अधिकार दिइएको भ्रम पारिन्छ। तर सामान्य कर्मचारी नियुक्ति, बढुवादेखि कसलाई ऋण दिने र कसलाई नदिनेसम्मको निर्णय अध्यक्षले नै गर्छन् । ‘नियामकीय प्रावधान नभए पनि कार्यकारी अध्यक्षको रुपमा काम गरिरहेको हुन्छ’ अर्का एक बैंकले भने, ‘अचेल यस्तो अभ्यास भएका बैंकहरुको संख्या बढिरहेको छ र सुसाशन बैंकहरुमा घटेको मात्रै छैन । बैंक खतरामा पुग्ने प्रस्टै देखिन्छ ।’
दोस्रो अभ्यास हो, सञ्चालक समूहमा निश्चित समूहको पकड हुन्छ । त्यो समूह मिलेपछि अरुले ल्याएका एजेण्डा कहिले पनि लागू हुँदैन । यहाँ ब्यक्तिभन्दा पनि समूहले कार्यकारी अध्यक्षको भूमिका खेल्छ । सिइओ त्यही समूहलाई रिझाएका कारण त्यहाँ टिकिरहेको हुन्छ । यो घटना ग्लोबल आइएमई बैंक एनआईसि एशिय बैंकमा लागु भएको राष्ट्र बैंकका एक डिपुटी गर्भनरले बताए ।
‘फाइदा हुने कुरामा यो समूह एकै ठाउँमा हुन्छ । एउटाले मात्र फाइदा लिन थाल्यो भने अलिअली विवाद हुन्छ । तर लेनदेनमा उनीहरुको विवाद मिल्छ, उत्कर्षमा कहिले पुग्दैन’ केही समयअघि बैंकिङबाट बाहिरिएका एक पूर्व बैंकरले भने, ‘समूहले चलाउने बैंकमा सबै ऋणको फाइल उनीहरुले हेर्नै पर्छ । सिइओको अधिकारभित्रको फाइल पनि खोजिखोजी माग्छन्, र आफ्नो स्वार्थ पूर्ति गर्दछन् । तर निरिह राष्ट्र बैंक तै चुप मै चुप भएर रमिते बनेको छ । एक बैंकरले प्रस्ट पारे ।
पछिल्लो सहय अधिकांश बैंकका प्रमुख कार्यकारीहरुले तरलताको अवस्था हेरेर ब्याज दर तोक्न पाउँदैनन् । सञ्चालक समितिले ब्याज तर तोकेर व्यवस्थापनलाई लागू गर्न निर्देशन दिन थालेको छ । जबकी दैनिक काममा सञ्चालक समितिले व्यवस्थापनलाई हस्तक्षेप गर्न नपाइने कानुनी व्यवस्थै छ । तर कुमारी बैंक, एभरेष्ट बैंक, एनआइसि एशिया, ग्लोबल आइएमई बैंकमा सधै बोर्डको हस्तक्षेप छ ।
‘हामीलाई अचेल यस्ता गुनासा भेटैपिच्छे बैंकरले गर्ने गरेका छन्’ राष्ट्र बैंकका ती अधिकारीले भने, ‘उहाँहरुले पनि हस्तक्षेप स्वीकार गर्नु हुँदैन । हस्तक्षेप स्वीकार्ने । आफ्नो अधिकार पनि प्रयोग नगर्ने तर गुनासो मात्रै गरिरहँदा समस्याको समाधान हुँदैन । के गर्ने अस्वीकार गरे पद नै धरापमा पुग्ने देखिन्छ ।’
सञ्चालक समितिलाई बलियो बनाउने काम राष्ट्र बैंककै अधिकारीहरुबाट भएको पुराना बैंकरहरुको अनुभव छ । ‘धितो नपुग्नेहरुका लागि ऋण सिफारिस राष्ट्र बैंकका हाकिमहरुले गर्छन् । भोली उनीहरुको सुपरिवेक्षण टोली आउँदा त्यसैलाई कैफियत देखाएर जान्छन । त्यसैले व्यवस्थापनस्तरबाट ऋण दिने कुरो हुँदैन’ एक पूर्व बैंकरले भने, ‘ब्यवस्थापनले नदिएपछि सञ्चालक समितिमार्फत फाइल पास गराउने काम हुन्छ । फाइल पास नगरे पदबाटै राजीनामा दिनु पर्ने बाध्यता छ नि ।’
राष्ट्र बैंकका अधिकारीहरुले अनावश्यक हस्तक्षेपका लागि बैंक बोर्डलाई उक्साउँदा समस्या मौलाएको एक बैंकरले बताए । ‘दसैंमा गाडी व्यवस्थादेखि पेट्रोल हाल्नसमेत राष्ट्र बैंकका माथिल्ला कर्मचारीले बैंक संचालकहरुलाई गुर्हाछन्’ ती बैंकरले भने, ‘अनि सञ्चालकले पनि आफ्नो अनुकुल काम गराउन ती कर्मचारीलाई प्रयोग गर्छन् । यसले गर्दा बैंकको व्यवस्थापन कमजोर हुँदै गएको हो । यो हेर्ने कसले हो ?’
ती अधिकारीले एउटा पुरानो घटना सुनाए । बैंक र विकास बैंक सुपरिवेक्षण विभागका एक कर्मचारीले दसैंमा घुम्नका लागि गाडी मागेका थिए । अन्तिम समयमा गाडि माग्दा सिइओले त्यसको व्यवस्थापन गर्न सकेनन् । ती कर्मचारीले सञ्चालकलाई गुहारे । सञ्चालकले गाडी व्यवस्था मिलाइदिए ।
एक दिन काम परेर राष्ट्र बैंक जाँदा ती कर्मचारीले सिइओको काम गरिदिएनन् । गाडी उपलब्ध गराएका सञ्चालकले फोन गरेपछि बल्ल काम भयो । यति मात्रै होइन ती कर्मचारीका भाई मतिजाको जागिर समेत बैंकले मिलाइदिनु पर्ने बाध्यता सिइओमा जाने गरेको छ । यदि नभए अध्यक्षबाटै काम गराउने परम्परा फेरि बढेको छ ।
राष्ट्र बैंकमा मान्छेहरु व्यवस्थापकलाई भन्दा सञ्चालकलाई बढि महत्व दिँदा उनीहरुले सिइओको अधिकार आँफै प्रयोग गर्न थालेका हुन् । ती बैंकरले भने । प्रस्टै देखिन्छ । कारवाही गर्नेहरुले नै सञ्चालकसँग मागी मागी खाने भएपछि बैंकमा कर्पोरेट सुसाशन नियन्त्रण बाहिर गएको हो । एक सिइओले राजतिलक साप्ताहिकसँग भने ।