• होमपेज
  • अर्थ/वाणिज्य
  • महालक्ष्मी विकास बैंकको थप दुई शाखा विस्तार

महालक्ष्मी विकास बैंकको थप दुई शाखा विस्तार

  • बिहिबार, बैशाख १३, २०७५
महालक्ष्मी विकास बैंकको थप दुई शाखा विस्तार

महालक्ष्मी बिकास बैंक लि.ले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने बझाङ्ग जिल्लाको चैनपुर शाखा र बाजुरा जिल्लाको मार्तडी शाखाको औपचारिक समुद्घाटन गरेको छ ।

बैँकको चैनपुर शाखाको समुद्घाटन जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द« बहादुर खड्काले तथा मार्तडी शाखाको समुद्घाटन बडिमालीका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गरका छन् ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरका थिए ।

साथै उनले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता व्यक्त गरे ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लि. ले चैत मसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने