• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापूच्छ्रे बैंकले आर्जन गर्यो साढे ८१ करोड मुनाफा

माछापूच्छ्रे बैंकले आर्जन गर्यो साढे ८१ करोड मुनाफा

  • शुक्रबार, बैशाख १४, २०७५
माछापूच्छ्रे बैंकले आर्जन गर्यो साढे ८१ करोड मुनाफा

माछापूच्छ्रे बैंकको लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ८१ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ९० प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा माछापूच्छ्रेले एक अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी भएको माछापुच्छे« बैंकले जगेडाकोषमा एक अर्ब ७९ करोड ३१ लाख रुपैयाँ छुट्याएको छ । बैंकले निक्षेपमा ६८ अर्ब ४३ करोड २५ लाख रुपैयाँ संकलन गरी कर्जा तर्फ ६२ अर्ब २१ करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी एक दशमलव ७७ प्रतिशतले बढेर एक अर्ब ७८ करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा नौ दशमलव ०१ प्रतिशतले घटेर एक अर्ब २१ करोड १६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा छ करोड ८० लाख ७२ हजार रुपैयाँ राइट ब्याक गरेको बैंकले प्रोभिजनमा १८ करोड ४४ लाख ११  हजार रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त सम्पति १५ दशमलव ७२ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव ३५ प्रतिशत, प्रतिसेयर आम्दानी १३ दशमलव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६ दशमलव ४४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २२ दशमल ३७ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने