• होमपेज
  • अन्तरवार्ता
  • सबैभन्दा पहिला नेपालमा भूकम्प–प्रतिरोधात्मक घरको अवधारणा र सोको निर्माण सामाग्री प्रि–फ्याब प्रविधीलाई व्यवसायीक रुपमा हामीले नेपालमा भित्र्याएका हौं ।

सबैभन्दा पहिला नेपालमा भूकम्प–प्रतिरोधात्मक घरको अवधारणा र सोको निर्माण सामाग्री प्रि–फ्याब प्रविधीलाई व्यवसायीक रुपमा हामीले नेपालमा भित्र्याएका हौं ।

  • शनिबार, माघ २०, २०७४
सबैभन्दा पहिला नेपालमा भूकम्प–प्रतिरोधात्मक घरको अवधारणा र सोको निर्माण सामाग्री प्रि–फ्याब प्रविधीलाई व्यवसायीक रुपमा हामीले नेपालमा भित्र्याएका हौं ।

 

टिका देउला चिनाई राख्नु पर्ने नाम होइन । सन् २००१ देखि नेपालमा भूकम्प प्रधिरोधात्मक निमार्ण प्रविधी भित्र्याई भूकम्प प्रधिरोधात्मक घर निर्माण गर्न सफल व्यवसायीको नाम हो टिका देउला । नेपालमा उक्त प्रविधि ल्याएर हिमाल,पहाड, शहर, मधेश सबैतिर गरी हालसम्म ३६ जिल्लामा सफलता पूर्वक निमार्ण कार्य गरी चर्चा बटुलेका व्यवसायी टिका देउलाले २०७२ सालमा नेपालमा आएको विनाशकारी शक्तिशाली भूकम्प पछि १ महिनामा ५० वटा प्रि–फ्याब सेल्टर निमार्ण सम्पन्न गरी हस्तान्तरण गर्नुहुने साहसी र आटिला निर्माण व्यवसायी भित्र पर्नुहुन्छ ।

राज्यलाई ठूलो कर बुझाउने यी व्यवसायी देउलाले काठमाडौं महानगरपालिकाको सहकार्यमा “सहरी सेवा केन्द्र” यूएन मार्फत गृहमन्त्रालय भित्र भूकम्प प्रतिरोधात्मक भवन बनाएर दर्जनौ अवार्ड समेत हात पारि सक्नु भएको छ ।
आरती एण्ड कम्पनीका प्रबन्ध निर्देशक टिका देउलासँग भूकम्प प्रतिरोधात्मक भवनको अवधारण, यस कम्पनीका अबका योजना, नेपालमा प्रि–फ्याब प्रविधीबाट निर्मित भवनको आवश्यकता बारे पत्रकार भूपेन्द्र आचार्यले गर्नु भएको लामो कुराकानीको केही महत्वपूर्ण अंशः सम्पादक ।

भूकम्प प्रतिरोधात्मक घरको अवधारण सबैभन्दा पहिला नेपालमा व्यवसायीक रुपमा भित्र्याउनु भयो कस्तो महसुस गर्नु भएको छ ?
नेपाल भूकम्पको दृष्टिले जोखिम रहेको कारण भूकम्प प्रतिरोधात्मक भवनको अवधारण अति आवश्यकता महशुस गरी सन् २००१ मा मैले भारतबाट खोजी गरी यो प्रविधी नेपालमा भित्र्याएको हो । अहिले यसको लोकप्रियता अत्यन्तै बढ्दै गएको छ ।
मैले यो प्रविधि भित्र्याए पछि सरकारी कार्यालय, गैर–सरकारी संघ संस्थाहरुका (UNDP, UN, UNMIN) निमार्ण सम्बन्धी कार्य लागयत स्कुल, कलेज, हाइड्र««ोपावर, क्याम्प, अस्पताल, शोरुम, होटल, रेष्टुरेन्ट, आवास गृह निमार्ण गर्ने काम मैले गरेको छु । युएनको लागि भूकम्प प्रतिरोधात्मक घर हाम्रो कम्पनीले निर्माण गरिदिएको थियो । ५ वटै विकास क्षेत्रमा ४२ वटा घर २८ दिनमै एकै पटक निर्माण गरी यूएनलाई दिएका थियांै । यदि उक्त भवन इटा, ढुङ्गा र बालुवाको वालबाट बनाएको भए २८ दिनमा बन्न सक्ने सम्वभ नै थिएन । त्यसैले यो कुरामा म गर्व नै गर्छु ।

 २०७२ सालमा धेरै सरकारी भवनहरु भूकम्पबाट क्षति भएको हँँुदा सरकारी निकायबाट नेपालमा भएका सरकारी भवनहरु भूकम्प प्रतिरोधात्मक छ या छैन भन्ने बारेमा तपाईलाई केही जानकारी छ ?
सो बारेमा त मलाई पनि खासै जानकारी भएन तर ग्ल् बाट चै कदम्कदाचित नेपालमा कुनै दैवी प्रकोप भएमा कुन–कुन भवनबाट तत्काल उद्धार गर्नको लागि अप्रेशन÷निर्देशन दिने भवन खोजी गर्ने क्रममा कुनै पनि त्यस्तो सुरक्षित भवन नभेटेपछि ग्ल् बाट मलाई भूकम्प प्रतिरोधात्मक भवन बनाउन सकिन्छ भने डिजाइन पेश गर्न भन्नुभयो ।

मैले डिजाइन पेश गरे पश्चात क्वालीफाइड भई गृहमान्त्रलय परिसरमा मैले निमार्ण गरेको नेशनल इमर्जेन्सी अप्रेशन सेन्टर २०७२ सालमा गएको महा भूकम्पले समेत उक्त भवन लाई कुनै क्षति नपु¥याएको हँुदा उक्त समयमा अन्य सरकारी भवन क्षति भएकोले नेपालको इतिहासमै भूकम्पपछि उक्त भवनमा पहिलो मन्त्रीपरिषदको बैठक बस्यो । यसका साथै आज सम्म मैले बनाएको कुनै पनि भवनहरुमा कुनै पनि क्षति नपुगेको हँुदा यो मेरो लागि खुसीको कुरा हो ।

 तपाईले यो प्रविधी भित्राए पश्चात् नेपालको कुन–कुन स्थानमा भवन निमार्ण गर्नुभयो ?
नेपालमा उक्त प्रविधि भित्राए पश्चात हिमाल,पहाड, शहर, मधेश गरी ५ विकास क्षेत्र र ३६ जिल्लामा सफलता पूर्वक निमार्ण सम्पन्न गरिसकेको छौं ।

आरती एण्ड कम्पनीले यी तपाईले भनेका वाहेक अरु के कस्ता काम गर्दै आएको छ त ?
आरती एण्ड कम्पनी निर्माण कम्पनी भएकोले हाम्रो मुख्य कार्य भनेको प्रि–फ्याबबाट भूकम्प प्रतिरोधात्मक भवन निमार्ण गर्ने हो । साथैे यस वाहेक सामाजिक सेवा सम्बन्धी कार्य गर्ने हाम्रो कर्तव्य ठानी सहरी सेवा केन्द्रको नामबाट काठमाडौका विभिन्न स्थानमा बहुउद्देश्य सहितको आधुनिक शौचालय निमार्ण गर्न का.म.न.पा. संग जग्गा भाडामा लिई एएएए मोडलमा साझेदारी गरी हामीले नै लगानी गरी सर्वसाधारणलाई सेवा दिएका छौ ।

उक्त सहरी सेवा केन्द्रको हाताभित्र कफी शप, फलफुल पसल, पत्रपत्रिका पसल, कामुनिकेशन सेन्टर, शैलुन,आपङ्गामैत्री र महिला पुरुषको लागि शौचलय, स्नान गृह छुट्टा–छुट्टै निमार्ण गरी सर्वसाधारणलाई सेवा दिएका छौ । यो सफा–सग्ुघर र वातावरणमैत्री भएकाले अत्यन्तै महत्वपूर्ण काम गरेका छौ ।

सामाजिक सेवामा तपाईको कम्पनी बेला बखत अगाडी देखिन्छ । यस बारेमा पनि केही भनिदिनु हुन्छ की ?
सामाजिक सेवामा धेरै योगदान पु¥याउन नसकेता पनि हामी र हाम्रो कर्मचारी साथीहरु सहित बाग्मती सरसफाई अभियानमा संलग्न हुनुका साथै भूकम्प पिडित,बाढी पिडितहरुलाई विभिन्न स्थानमा गई रासन, खाद्य सामाग्री, लत्ताकपडा, जस्तापाता सहितको राहत वितरण गरी सानो योगदान पु¥यायां,ै र हामीले धार्मिक क्षेत्रमा पनि केही योगदान गर्ने उद्देश्यले आफ्नै निजी खर्चमा मठ–मन्दिर स्थापना गर्ने कार्य गरेका छौं । साथै विद्यालयहरु आफ्नै निजी खर्चमा बनाइदिएका छौं ।

तपाईले “आरती विल्डिङ्ग हव” को अवधारणा ल्याउनु भएको छ, यस बारेमा प्रष्ट पारिदिनु हुन्छ की ?
यो कस्तो भन्नुहुन्छ भनेः– आजका दिन मान्छेहरुले घर निर्माण गर्नु पर्दा गुणस्तर सामाग्री र उचित मुल्यमा पाउन विभिन्न स्थानमा खोजी गर्न जानुपर्ने हँँुदा आजको व्यस्त युगमा त्यसरी समय खर्चिंदा अन्य कार्यमा धेरै बाधा पुग्ने भएकोले ग्राहक वर्गको सुविधाको लागि र उहाहरुको समयको बचत होस भन्ने उद्देश्यले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म र शनिवारका दिन समेत सेवा दिने उद्देश्यले गुणस्तरमा ग्यारेन्टी र सुपथ मुल्यमा एउटै छानामुनि सम्पूर्ण प्रि–फ्याब लगायत जग खन्ने, पिक, साबेल, इटा, वालुवा, रोडा, छड, सिमेन्ट, फलामका पाइपहरु, छाना, हार्डवेयर, झ्यालढोका, रङ्गरोगन, टाइल, सेनेटरी, इलेक्ट्रिक, पर्दा, कार्पेट लगायत होम डेकोरेशनका सामाग्री सहित सम्पूर्ण निर्माण सामाग्री एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले विल्डिङ्ग हवको अवधारणा ल्याएको हौ ।

तपाईले भूकम्प प्रतिराधात्मक सयौ घर बनाउनु भएको कुरा बताउनु भयो केही अवार्ड पाएका कुरा पनि आए तर तपाईले राज्यवाट के कस्ता सहयोग पाउनु भएको छ ?
मैले इमान्दारिता र मेहेनातका साथ व्यवसाय गर्नुका साथै सामाजिक कार्यमा संलग्न भएका कारण विभिन्न आवार्ड हासिल गर्न सफल भएको छु ।

साच्चै भन्नुपर्दा, राज्यले पहिला भन्सार महशुल बढी भएकोमा महाभूकम्प पश्चात् भन्सार महशूलमा राज्यले केही कम गरेको कारणले नै आजको दिनमा प्रि–फ्याबको सामाग्रीले बजार लिन सफल भएको हो । यो हामीहरुको लागि सकारात्मक पक्ष हो ।

हाल नेपालमा उद्योग व्यवसाय गर्ने र गर्न चाहाने उद्यमी व्यापारीहरुले नेपालमा उद्योग खोल्न सुरक्षित नभएको महशुस गरी विदेशबाट उक्त सामाग्रीहरु आयात गर्न बाध्य भएको छ र सो गर्दा निकै ठूलो रकम विदेशिनुका साथै निर्माण सामागी्र विदेशबाट आयात गर्नु पर्दा ग्राहक वर्गमा मूल्यको भार पर्न जाने हँुदा निर्माण सामाग्रीहरु स्वदेशमै उत्पादन गर्न राज्यबाट उद्योग–व्यवसायीहरुलाई प्रोत्साहन गराउन अनुरोध गर्दछु ।

तपाईले सयौं भूकम्प प्रतिरोधात्मक घर बनाउनु भयो । आज सयौलाई रोजगारी दिनु भएको छ । तपाईले सोच्नु भएको थियो म यो ठाउँ सम्म आइपुग्छु भनेर ?
मैले व्यवसाय शुरु गर्दा नै केही व्यक्तिलाई रोजगारीका साथै राज्यको लागि पनि टेवा दिन्छु र म स्वम् पनि सफल हुन्छु भनेर आफ्नै निर्माण व्यवसाय हुदा हुदै पनि नेपालमै पहिलो पटक व्यवसायीक रुपमा आधुनिक प्रविधीको सिमेन्ट बेस प्रि–फ्याब प्यानल (वाल) भित्राएको हो ।

जसको फाइदा २ इन्च र ३ इन्चको मोटाइर्, २ फिट चौडाइर्, उचाइ ८,९ र १० फिटको हुने भएको र उक्त जडान गर्न सिमेन्ट, वालुवा पानी र प्लाष्टर, पेरिस गर्न नपर्ने ,तयारी प्लाईउड जस्तै आकार प्रकारको साउण्ड प्रुफ, धमिरा–किरा , पानी र आगोले समेत नखाने, सजिलै एक स्थानमा जडान गरिसके पश्चात् पुनः अर्को स्थानमा सार्न सकिने हुन्छ ।

यहाँँहरुलाई बिदितै छ, नेपालमा भएका भवनहरु पूरानो शैलीका निर्माण सामाग्रीबाट मात्र भवन निर्माण गर्दा प्रि–फ्याब वालको तुलनामा ठाउँ पनि धेरै लिन,े समय पनि बढि लाग्ने र वातावरणमैत्री नहुने भएकाले पनि प्रि–फ्याबको बिस्तार गर्न सकेमा पक्कै सफल हुन्छु भनेर नै यो क्षेत्रमा लागेको हुँ ।

यहाँँहरुलाई बितितै छ, २०७२ सालको महाभूकम्प अगाडि यदि मैले यो प्रविधी समयमा नभित्राएको भए महाभूकम्प पश्चात् क्षति भएका भवनहरुको यथाशिघ्र पुनःनिर्माण गरी राज्यको प्रशासनिक कार्य, अस्पतालबाट दिने दैनिक सेवा, विद्यालय, कलेजको पठनपाठन सुचारु गर्नमा के कस्ता निमार्ण सामाग्री प्रयोग गरी छिटो निर्माण गर्न सकिन्छ भन्ने सोच्न बाध्यता हुनुपर्ने परिस्थिति सृर्जना हुन अउथ्यो नै होला आजको दिनमा यो प्रविधीले निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन निमार्ण हुन गई विकास निमार्णको कार्यमा गति लिनुका साथै यो प्रविधीलाई प्रोत्साहन गरिदिनु हुने सम्पूर्ण निकाय संघ संस्था र महानुभाव प्रति धन्यवाद दिनुका साथै आभार व्यक्त गर्न चाहन्छु र यो प्रविधी नेपालमा सफलताका साथ भित्राउन पाएकोमा खुसी व्यक्त गर्न चाहन्छु ।

 तपाईले सहरी सेवा केन्द्रका नाममा जुन ठाउँमा शैचालय सहित सगै चिया नस्ताको पसल स्थापना गर्ने अवधारणा ल्याउनु भयो यो सम्भव थियो ?
तपाई हामी सबैलाई जानकारी भएकै कुरा हो शौचालय भने पछि फोहर मात्र गर्ने थलो हो र पहिला गाउघरमा समेत शौचालय घर भन्दा टाढा राख्ने प्रचलन थियो भने तल किचेन डाइनिङ र माथि ब्ततबअजभम तयष्भित राख्ने चलन छ, यो सबै सफाइ कै कारणले नै सम्भव भएको होे भने सार्वजानिक शौचालयमा पनि सफा सग्ुघर राख्न सकेमा पक्कै खाजा नस्ता पसल सगै राख्न सकिनेछ ।

साथै सार्वजानिक शौचालय पनि यस्तो सफा हुन्छ भन्ने सन्देश दिने उद्देश्यले आधुनिक शैलीमा प्रि–फ्याब प्रविधीबाट निर्माण गरेका छौं । सोही सन्दर्भमा “ सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स, नेपाल” बाट अधिराज्य भरिको सार्वजानिक शौचालय मध्ये हामीले निर्माण गरेको लाई नै अवार्ड समेत प्रदान गरेको थियो ।

यी बाहेक भूकम्पपछि अरु जनचेतना र गोष्ठी, सेमिनार जस्ता कार्य गर्नु भएको होला नि ?
हामीले यो प्रि–फ्याब प्रविधी नेपाल भित्र्याएपछि शुरु देखि नै विभिन्न सरकारी कार्यालय संघ संस्थामा गई सेमिनार, प्रचार प्रसार र जनचेतना गराएको कारण महाभूकम्पपछि अत्यन्तै छिटो तरिकाले भूकम्प प्रतिरोधात्मक सबै खालका भवन निर्माण हुनका साथै यसका माग पनि बढ्न गएको छ ।

दशैं र तिहारको बेला तपाई बृद्धाआश्रका बुबा आमाको सेवा पनि गर्दै आउनु भएको देखिन्छ, यस्तो सेवा गर्दा कस्तो अनुभव हुन्छ त ?
बृद्धाआश्रमा बुबा आमाको सेवा गर्न पाउनु मेरो लागि भाग्यको कुरा हो । दशैको टिकाकोे दिन मेरो जन्म दिन पनि भएको हुदा एक दिन भएपनि उहाँहरु सगै बासी खाना र खुवाउन मलाई अत्यन्तै आनन्द लाग्छ,र विशेषगरी उक्त दिन मन्दिर परिसरमा े मागेर खान बाध्य हुनु भएकाहरुले उक्त दिन पनि मागेर खाना नपरोस् भन्ने मेरो इच्छा भएको हुदा सधैे मैले खुवाउन नसकेता पनि उक्त एक दिन उहाँहरुको परिवारलाई पुग्ने गरी सबै खाद्यनको सामाग्री लगायत लताकपडा वितरण गरी सेवा गर्न पाउदा मलाई अत्यन्तै आनन्द आउने गरेको छ।

अन्त्यमा तपाईको आरती एण्ड कम्पनीलाई यस ठाउँसम्म पु¥याउने सबै मित्र तथा शुभ–चिन्तकहरुलाई के भन्नुहुन्छ ?
मैले गरेका निमार्ण कार्यका साथै प्रि–फ्याब प्रविधीलाई प्रोत्साहन गर्नु भई मलाई यस स्थानमा पु¥याउनु हुने सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत रहनु भएका आदरणीय महानुभव, मेरा कर्मचार्््् साथीहरु,मित्रहरु,शुभचिन्तकहरु प्रति आभार व्यक्त गदै म धन्यवाद दिन चाहान्छु ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा