• होमपेज
  • समाचार
  • सम्पन्न भयो बैंकिङ एक्स्पो

सम्पन्न भयो बैंकिङ एक्स्पो

  • शनिबार, माघ २०, २०७४
सम्पन्न भयो बैंकिङ एक्स्पो

 

भृकुटीमण्डपमा आयोजित दोस्रो बैंकिङ एक्स्पो–२०१८ सम्पन्न भएको छ । दुई दिनसम्म संचालित बैंकिङ एक्स्पोमा करिब ५५ हजारले अवलोकन गरेका छन् ।

एक्स्पोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त वित्तीय संस्था, बीमा कमपनी, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष लगायतका जम्मा ५० वटा स्टलहरु राखिएका थिए ।

नेपाल राष्ट्र बैंकको मूख्य प्रवद्र्धन, बीमा समितिको सहकार्य र नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैंकर्स संघ र नेपाल क्लियरिङ हाउसको साझेदारीमा मिडिया इन्टरनेशनलले आयोजना गरेको बैंकिङ एक्स्पो दुई दिन सम्म सञ्चालन भई शनिबार सम्पन्न भएको हो । शुक्रबार भव्य समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालद्वारा समुद्घाटन भएको एक्स्पो शनिबार बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाँईबाट समापन भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार