• होमपेज
  • समाचार
  • बढ्याे पेट्रोलियम पदार्थको मूल्य

बढ्याे पेट्रोलियम पदार्थको मूल्य

  • शुक्रबार, माघ १९, २०७४
बढ्याे पेट्रोलियम पदार्थको मूल्य

 

नेपाल आयल निगमले विहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको विहीबार सम्पन्न बैठकले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य पाँच रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

बढाइएको नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको लागि ८३ रूपैयाँ खर्चिनु पर्नेछ ।

बढेकाे मूल्यमा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर २.०१ रूपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ३.३७ रूपैयाँ नोक्सानी रहेको निगमको भनाई छ।

Facebook Comments

सम्बन्धित समाचार