• होमपेज
  • Uncategorized
  • कार्तिक २५ गते नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने

कार्तिक २५ गते नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने

  • मङ्लबार, कार्तिक २१, २०७४
कार्तिक २५ गते नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने

चितवन, कार्तिक २१–

यही कार्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घण्टा बन्द हुने भएको छ । सो सडक खण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।
आज भरतपुरमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले सो निर्णय गरेको हो । निर्णय अनुसार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुनेछ । सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुवै तर्फ सवारी रोकी ढुंगा झारेर सो क्षेत्रलाई सुरक्षित बनाउने कार्य गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।


यस्तै बैठकले सो सडक खण्डमा अझै पनि खाल्डाखुल्डी भएकोले सम्बन्धिन निर्माण कम्पनीलाई सडकलाई सम्याउन निर्देशन दिएको छ ।
त्यसैगरि बैठकले तीनवटै सेक्टरका निर्माण व्यवसायीहरुले आवश्यकता अनुसार मानिस र मेसीन अत्याधिक प्रयोग गरि निर्माण कार्यलाई तिव्रता दिन निर्देशन गरेको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले धमाधम पिच निर्माणका कामहरु भईरहेका छन् ।

तीन स्थानमा परीक्षणको रुपमा कटिङ गरिने

नारायणगढ–मुग्लिन सडक खण्डको तीन वटा क्षेत्रमा कटिङ गरिने भएको छ । परीक्षणका लागि एक देखि डेढ घण्टा कटिङको काम गर्न लागिएको हो । सो सडक खण्डको १६, २२ र ३३ किलोमा ट्राफिक आवागमनलाई व्यवस्थित गर्दै कटिङ गर्न लागिएको हो । परीक्षणका लागि एक हप्ता कटिङको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । बैठकमा कटिङ गर्ने समय विहान ७ बजेदेखि ८ः३० बजेसम्म, ११ देखि अपरान्ह दिउँसो ४ बजेसम्म कटिङ गरिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि