• होमपेज
  • समाचार
  • रोल्पामा २६ वर्षदेखि यस्तो भूमिकामा एमाले

रोल्पामा २६ वर्षदेखि यस्तो भूमिकामा एमाले

  • बुधबार, कार्तिक २२, २०७४
रोल्पामा २६ वर्षदेखि यस्तो भूमिकामा एमाले

रोल्पा, कात्तिक २२ –

२०४८ को पहिलो संसदीय निर्वाचनमा रोल्पाका दुवै क्षेत्रबाट तत्कालीन संयुक्त जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरा र बर्मन बुढा विजयी भए । त्यो बेला एमालेसँग चुनावी तालमेल थियो । तत्कालीन जनमोर्चा अर्थात् हालको माओवादी केन्द्रले २६ वर्षपछि वाम गठबन्धनका क्रममा फेरि पनि एकलौटी उम्मेदवार पाएको छ । एमाले फेरि पनि चुनाव जिताउने भूमिकामा मात्रै छ, एउटा पनि उम्मेदवार पाउन सकेको छैन । यो विषय वाम गठबन्धनलाई ‘भित्रैदेखि मिलाउन’ बाधक देखिएको छ, कान्तिपुरमा खबर छ ।

वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ उम्मेदवार पाएको छ । जिल्ला नै खाली गर्ने गरी भएको सहमतिप्रति एमालेका नेता कार्यकर्ता असन्तुष्ट छन् । एमाले जिल्ला कमिटीको १९ औं पूर्ण बैठकमा यसबारे ठूलो चर्काचर्की भयो । बैठकको मूल विषय नै यही बन्यो । बहुमत जिल्ला सदस्यले एमाले सधंै अरूलाई जिताउने भूमिकामा मात्रै रहेकोमा दुखेसो पोखे । कतिपयले चुनावी प्रचार अभियानमा हिँड्न नसकिने गुनासो समेत गरे ।

‘जिल्ला कमिटी बैठकमा उम्मेदवार नपाएको विषयले प्राथिमकता पायो । अधिकांश सदस्यले जिल्ला शून्य गराएकोमा असन्तुष्टि व्यक्त गरेका छन्,’ जिल्ला सदस्य ठाकुरप्रसाद ओलीले भने, ‘नेताहरूमा चुनावी उत्साह देखिएको छैन । वाम गठबन्धनले एमालेलाई घाटा लागेको छ ।’

हालसम्म एमालेले एक पटक पनि प्रत्यक्ष निर्वाचन जित्ने अवसर पाएको छैन । एक्लै चुनाव जित्न नसकिने र गठबन्धनका क्रममा कहिल्यै उम्मेदवार नपाउने समस्या एमालेमा छ । हालसम्म रोल्पा एमालेमा रीमा कुमारी नेपाली र गोकुल घर्ती मात्रै समानुपातिकबाट सभासद बन्न पाएका छन् । मन्त्रीसम्म बन्ने अवसर कसैले पाएको छैन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा