• होमपेज
  • Uncategorized
  • चितवनमा दुई सय बढीको निःशुल्क मुटु परीक्षण

चितवनमा दुई सय बढीको निःशुल्क मुटु परीक्षण

  • मङ्लबार, कार्तिक २१, २०७४
चितवनमा दुई सय बढीको निःशुल्क मुटु परीक्षण

चितवन, कार्तिक २१–

भरतपुरमा रहेका लायन्स क्लब लगायतका विभिन्न संघसंस्थाको आयोजनामा मंगलबार संयुक्त रुपमा निःशुल्क रुपमा मुटुको परीक्षण गरिएको छ । सो निःशुल्क मुटु परीक्षण शिविरमा दुई सय ४० जनाले स्वास्थ्य गरेका छन् ।

लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ बालकुमारी, लायन्स क्लव अफ नारायणगढ नारायणी, रोट्रयाक्ट क्लव अफ भरतपुर, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, नेपाल हृदय रोग निवारण प्रतिष्ठान, अफ्रिकन हर्टलगायतको संस्थाले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।

नारायणगढमा आयोजना गरिएको मुटु परीक्षण शिविरमा मधुमेह र सुगर समेत परीक्षण गरिएको लायन्स क्बल अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । चेक गणतन्त्रबाट आएका सात जनाको डाक्टरको टोलीले परीक्षण गरेको मुटु शिविरमा एक जना आठ वर्षीय बालकको मुटुमा प्वाल भेटिएको चुकेले बताए । मुटुमा प्वाल परेका बालकको उपचारको लागि डाक्टरहरुले चेक गणतन्त्र लान चाहेकोले अभिभावकसँग छलफल गरिने चुकेले बताए ।

मधुमेह परीक्षण गर्न पुगेका बिरामी मध्ये अधिकांशमा रोग देखिएकोले खानपानमा विशेष ध्यान दिन डाक्टरहरुले अनुरोध गरेका छन् । पछिल्लो समयमा नेपालीहरुको परिवर्तित जीवन शैलीका कारण मधुमेहका बिरामी बढ्दै गएकाले नियमित व्यायामका अलवा खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकको भनाइ छ । कार्यक्रममा मुटु सर्जन डा.कौशल तिवारीलगायतका विदेशी चिकित्सकहरुले मुटुको परीक्षण गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि