• होमपेज
  • Uncategorized
  • वामगठबन्धनको संयुक्त वडा भेला

वामगठबन्धनको संयुक्त वडा भेला

  • मङ्लबार, कार्तिक २१, २०७४
वामगठबन्धनको संयुक्त वडा भेला

चितवन, कार्तिक २१–

प्रदेश तर्फ चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) अन्तर्गत पर्ने विभिन्न छुट्टाछुट्टै तीन वटा वडामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त वडा भेलाले निर्वाचन परिचालन कमिति बनाउने निर्णय गरेको छ ।

मंगलबार बसेको वडा भेलाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि वाम गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटि बनाउने निर्णय गरेको हो । चितवन क्षेत्र नम्बर ३ (क) को निर्वाचन परिचालन समिति संयोजक शारदा कुमालका अनुसार वडा नम्बर ६, वडा नम्बर १९ र वडा नम्बर २० को संयुक्त वडा भेला बसेर आ–आफ्नो वडामा वडा स्तरीय संयुक्त चुनाव परिचालन समिति गठन गर्ने निर्णय भएको हो ।

भरतपुरको वडा नम्बर ६ मा डोलनाथ अधिकारीको अध्यक्षतमा बसेको बैठकले एक सय एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय भएको कुमालले जानकारी दिइन् । उक्त भेलाले चुनावी प्रचार–प्रसारको लागि गीतानगर बजारमा चुनावी सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय भएको कुमालले जानकारी दिइन् ।

त्यस्तै, वडा नम्बर १९ मा जीवन घलेको अध्यक्षतामा बसेको संयुक्त वडा भेलाले ६० जनाको निर्वाचन परिचालन तथा तीन सय दुई जनाको निर्वाचन प्रचार–प्रसार समिति गठन गर्ने निर्णय गरेको छ । उक्त संयुक्त भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार खुशीराम पाख्रिन, (माओवादी केन्द्र) भरतपुर १९ का ईन्चार्ज तीर्थराज घिमिरे, नेकपा एमाले महानगर कमिटिका सदस्य गुञ्जमान वि.क.लगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरी, मंगलबार नै वडा नम्बर २० मा बसेको एमाले र माओवादी केन्द्रको संयुक्त भेलाले २१ सदस्यीय संयुक्त चुनाव परिचान कमिटि गठन गरेको छ । माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य सुरेन्द्र गुरुङको अध्यक्षतामा बसेको बैठकले निर्वाचन प्रचार–प्रसारको लागि एक सय एक जनाको समिति निर्माण गर्ने निर्णय समेत गरेको छ । वडा भेलालाई सम्बोधन गर्दै चितवन निर्वाचन क्षेत्र नम्बर ३ (क) का उम्मेदवार कृष्ण भुर्तेलले चितवनको समृद्धिको लागि चितवन क्षेत्र नम्बर ३ (क) बाट आफूले उम्मेदवारी दिएको बताए ।

मंसिर २१ मा हुने निर्वाचनको लागि चितवन क्षेत्र नम्बर ३ ख का बाँकी नौ वटा वडामा बुधबार संयुक्त वडा भेला बस्ने जनाइएको छ । चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि वामगठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रदेश सभा निर्वाचनको लागि (क) बाट एमाले नेता कृष्ण भुर्तेल र (ख) बाट माओवादी नेता रामलाल महतोले उम्मेदवारी दिएका छन् ।

यही क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभामा राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवंम वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र प्रदेश (क) मा काँग्रेसका दिनेश कोइराला र (ख) साजन कुमार महतो चुनावी मैदानमा उत्रिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि