• होमपेज
  • समाचार
  • आचार संहिता पालन गर्न संचारमाध्यमलाई आग्रह

आचार संहिता पालन गर्न संचारमाध्यमलाई आग्रह

  • मङ्लबार, कार्तिक २१, २०७४
आचार संहिता पालन गर्न संचारमाध्यमलाई आग्रह

चितवन, कार्तिक २१–

मूख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पूर्णरुपमा आचार संहिता पालन गर्न संचारमाध्यमलाई आग्रह गरेको छ ।
आज भरतपुरमा पत्रकारहरुसंग छलफल गर्दै कार्यालयले निर्वाचनलाई भयरहित शान्तपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न संचारमाध्यमको भूमिका रहने भन्दै आचार संहितालाई ख्याल गरिदिन संचारमाध्यम र पत्रकारहरु समक्ष आग्रह गरेको हो । मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले आचार संहिता अनुसार नै संचारमाध्यमहरुले प्रचार–प्रसारका लागि विज्ञापनहरु प्रशारण गर्न आग्रह गर्नुभयो । निर्वाचनलाई स्वच्छ बनाउन संचारमाध्यमको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै उहाँले पत्रकारहरु आफै सचेत बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भड्किलो प्रचार प्रसारले नकरात्मक असर गर्ने भन्दै संचारमाध्यमले सही भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, निर्वाचन अधिकृतहरु परमेश्वर पराजुली, सम्भुराज रेग्मीले निर्वाचन आचार संहिताको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले संचारमाध्यमको अनुगमन र कारवाही प्रेस काउन्सीलले गर्ने भन्दै जिल्लाका संचारमाध्यहरु आफै सचेत बन्नुपर्ने बताए ।

यस्तो छ संचारमाध्यमले पालना गर्नुपर्ने आचार संहिता

(१) राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रशारण गर्न सकिने ।

(२) राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च ∗ ७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने ।

(३) प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रशारण गर्न सकिने ।

(४) प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबीस घण्टामा बढीमा दुई पटक र एक पटकमा बढीमा पैंतालीस सेकेण्ड प्रशारण गर्न सकिने ।

(५) प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारले पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च ∗ ७ इन्च सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन सकिने ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा