• होमपेज
  • Uncategorized
  • बाम गठबन्धनको घोषणापत्र सार्वजनिक, के के छन् आश्वासन ? (पूर्णपाठसहित)

बाम गठबन्धनको घोषणापत्र सार्वजनिक, के के छन् आश्वासन ? (पूर्णपाठसहित)

  • मङ्लबार, कार्तिक २१, २०७४
बाम गठबन्धनको घोषणापत्र सार्वजनिक, के के छन् आश्वासन ? (पूर्णपाठसहित)

काठमाडौं,कार्तिक २१ –

नेकपा एमाले र माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एमाले र माओवादी केन्द्रको गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । कार्यक्रममा माओवादि अध्यक्ष, पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र सार्वजनिक गरे ।

घोषणापत्र सार्वजनिक गरेपछि एमाले अध्यक्ष ओलीले बाम गठबन्धनको घोषणापत्र चुनाव लड्नका लागिमात्र नभएर देश बनाउन ल्याएको घोषणापत्र भएको बताए । गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट घोषणापत्र भएको दाबी उनको छ । एमाले र माओवादी मिल्दा कोकोहोलो गर्नुको अर्थ नरहेको टिप्पणी ओलीले गरे ।

नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताए । अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेकोमा जोड दिए ।

आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै उनले आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए ।
गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँलाई तराई– मधेशसँग जोड्ने महत्वाकाक्षी परियोजनाको रुपमा रहेको द्रुतमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । सो मार्गलाई आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा समेत समावेश गरेको छ ।

आशन्न निर्वाचनपछि पार्टी एकताको तयारी गरेका एमाले र माओवादी केन्द्र संयुक्त घोषणापत्र लिएर मतदातासमक्ष जान लागेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा