• होमपेज
  • समाचार
  • रौतहटमा घूससहित हेल्थ असिस्टेन्ट झा पक्राउ

रौतहटमा घूससहित हेल्थ असिस्टेन्ट झा पक्राउ

  • मङ्लबार, कार्तिक २१, २०७४
रौतहटमा घूससहित हेल्थ असिस्टेन्ट झा पक्राउ

रौतहट,कार्तिक २१ –

ठेकेदार सँग घूस मागेको भन्दै जिल्ला अस्पताल गौरका इमरजेन्सी इन्चार्ज प्रविण कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले पक्राउ गरेको छ । अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले हेल्थ असिस्टेन्ट झालाई एक लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला अस्पताल गौरमा मरम्मत तथा रंङ्गरोगनको ठेक्का लिएका एक ठेकेदारसँग झाले रकम लिएका थिए । जापनीज सँस्था कोइकाले समेतले लगानी गर्दै गरेको जिल्ला अस्पतालको स्तरोन्न्तीको कामको जिम्मा समेत उनै ठेकेदारले लिएका थिए ।

काम गर्ने क्रममा पटकपटक रकम मागेर हैरान बनाएको भन्दै ठेकेदारले अख्तियारलाई गुहारेका थिए ।

इमरजेन्सी इन्चार्ज झालाई कार्यकक्षमै अख्तियारको टोलीले नगदसहित नियन्त्रणमा लिएको हो । यता इन्जार्च झाले भने आफूले ठेकेदारसँग सापटी रकम सापटी मागेको बताएका छन् ।

आफू जिल्ला अस्पतालको लेखा वा कार्यालय प्रमुख नभएकोले ठेकेदारले आफूलाई घूस दिनुपर्ने कुनै आवश्यक्ता नै नरहेको उनको तर्क छ । ठेकेदारले आफूलाई फसाएको समेत झाले बताएका छन् ।

पक्राउ परेका झालाई अख्तियारको टोलीले आवश्यक अनुसन्धानको लागि क्षेत्रीय कार्यालय हेटौडा लगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार