• होमपेज
  • Uncategorized
  • प्रचण्डलाई विक्रम पाण्डेको चुनौतीः “रोल्पा र सिराहामा के विकास भयो चितवनका जनतालाई देखाउनुहोस्” (भिडियोसहित)

प्रचण्डलाई विक्रम पाण्डेको चुनौतीः “रोल्पा र सिराहामा के विकास भयो चितवनका जनतालाई देखाउनुहोस्” (भिडियोसहित)

  • मङ्लबार, कार्तिक २१, २०७४
प्रचण्डलाई विक्रम पाण्डेको चुनौतीः “रोल्पा र सिराहामा के विकास भयो चितवनका जनतालाई देखाउनुहोस्” (भिडियोसहित)

चितवन, कार्तिक २१–

वन तथा भू–संरक्षण मन्त्री तथा प्रतिनिधि सभा तर्फको चितवन क्षेत्र नं.३ का उम्मेद्वार विक्रम पाण्डेले माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डलाई आफू निर्वाचित क्षेत्रको विकास निर्माणको प्रमाण देखाउन चुनौती दिएका छन् ।

आज भरतपुरस्थित मंगलपुरमा नेपाल तरुण दल र राप्रपा (प्रजातान्त्रिक) युवक संघको संयुक्त क्षेत्रीय चुनाव प्रचार–प्रसार समितिको कार्यालय उद्घाटनमा बोल्दै मन्त्री पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई पर्यटक उम्मेद्वारको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो–“प्रचण्डले आफू निर्वाचित क्षेत्रमा के विकास गरे चितवनबासीलाई देखाई दिउन्, अहिले चितवनमा असंभव कुरा गर्न थालेछन्, पछि अर्के जिल्लामा चुनाव लड्ने होला ।”

नेता पाण्डेले काँग्रेसका दुई युवाको साथ लिएर चितवनको विकास गर्न आफू चुनावी मैदानमा उत्रिएको भन्दै आफू कहिल्यै पनि चितवनबासीलाई धोका नदिने स्पष्ट पार्नुभयो । “माडीमा जंगली जनावर कहिल्यै पनि मावनबस्तीमा नआउने गरि वातावरण बनाउने लक्ष्य लिएर हामी दुई भाई साजन महतो र म कम्म कसेर लागेका छौं, माडीको मुहार फेरेर देखाउँछौं”–नेता पाण्डेले भन्नुभयो । उहाँले राजनीति गर्ने थलो सिंहदरवार रहेको भन्दै आफू चितवनको विकासका लागि चुनावमा होमिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै निवर्तमान साँसद एवंम काँग्रेस पूर्व सभापति रामकृष्ण घिमिरेले चितवन क्षेत्र नं.३ मा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्नुभयो । “जित घोषणा गर्ने प्राविधिक काम मात्रै गर्न बाँकी छ, एक महिना कम्मर कसेर लागौं”–नेता घिमिरेले भन्नुभयो ।

प्रदेश तर्फको चितवन क्षेत्र नं. ३ (क)का उम्मेद्वार दिनेश कोइराला, (ख) क्षेत्रका उम्मेद्वार साजन महतो, काँग्रेसका समानुपातिक उम्मेद्वार पृथ्वीमान गुरुङ, काँग्रेस चितवनका सचिव राजिव न्यौपाने, नेपाल तरुण दल चितवनका उपाध्यक्ष निरञ्जन सुवेदी, राप्रपा (प्रजातान्त्रिक) युवक संघका अध्यक्ष सुनिलकुमार क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार