• होमपेज
  • Uncategorized
  • वाम गठबन्धनले आज घोषणापत्र सार्वजनिक गर्दै

वाम गठबन्धनले आज घोषणापत्र सार्वजनिक गर्दै

  • मङ्लबार, कार्तिक २१, २०७४
वाम गठबन्धनले आज घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, कात्तिक २१ –

वाम गठबन्धनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ ।

गठबन्धनले काठमाडौंको तीनकुनेमा रहेको एउटा व्याङ्क्वेटमा दिउँसो १ औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ ।

मंसिरमा हुने चुनावलाई लक्षित गरेर तयार गरेको संयुक्त घोषणा पत्रमा यी दुई दलले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पनि पाँच लाख रुपैयाँ पुर्‍याउने दाबी गरेका छन् । अहिले प्रतिव्यक्ति आय ८० हजार हाराहारीमा छ । अबको २५ वर्ष अर्थात २०९९ सालसम्ममा नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको एमाले र माओवादीको घोषणापत्रमा उल्लेख छ । भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिबद्धता पनि यी दुई दलले जनाएका छन् ।

यस्तै वाम गठबन्धनले समृद्धिका कार्यक्रममा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषिलाई जोड दिने बताएका छन् । कृषिभूमि अतिक्रमण गर्न नपाइने र कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिने उल्लेख छ । साथै दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याउने उल्लेख छ ।

नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको उपस्थितिमा मंगलबार घोषणापत्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा