• होमपेज
  • Uncategorized
  • मन्त्री विक्रम पाण्डेले हटाए माडी ओहोरदोहोर गर्दा निकुञ्जमा लाग्ने शुल्क

मन्त्री विक्रम पाण्डेले हटाए माडी ओहोरदोहोर गर्दा निकुञ्जमा लाग्ने शुल्क

  • मङ्लबार, कार्तिक २१, २०७४
मन्त्री विक्रम पाण्डेले हटाए माडी ओहोरदोहोर गर्दा निकुञ्जमा लाग्ने शुल्क

चितवन,कार्तिक २१-

सरकारले चितवन राष्ट्रियको बाटो भएर यात्रा गर्दा लिने शुल्क हटाएको छ । मन्त्रीपरिषदको सोमवार बसेको बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको हो । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेको प्रस्तावमा मन्त्रीपरिषदले माडीका स्थानीयले निकुञ्ज प्रवेशमा तिर्दै आएको शुल्क हटाएको हो ।

मन्त्री पाण्डेले माडीबासीले चितवन राष्ट्रिय निकुञ्ज हुदै ओहरदोहर गर्ने क्रममा अनावश्यक रुपमा शुल्क दिनुपर्ने समस्या हटाउन मन्त्रालयले गरेको प्रस्ताव पारित भएको जानकारी आज भरतपुरमा पत्रकार सम्मेलनमा दिए । पाण्डेले क्याविनेटमा पारित गरेर राजपत्रमा प्रकाशित गर्नका लागी पठाइएको वताए । निकुञ्जपारीको वस्तीका रुपमा परिचित जिल्लाको माडी नगरपालिकाका वासिन्दा सदरमुकाम भरतपुरबाट प्रत्येक पटक घर जाँदा र आउँदा निकुञ्जलाई शुल्क तिर्नुपर्ने सास्ती झेल्दै आएका थिए । निकुञ्ज र जंगली जनावरका कारण सास्ती भोग्दै आएका तिनै माडीवासी निकुञ्ज आवतजावत गर्दा पैसा तिर्न बाध्य थिए ।

निकुञ्जको बाटो प्रवेश गर्ने र बाहिरिने दुई पांग्रे सवारीले एक पटकमा मूल्य अभिबृद्धि कर सहित साना सवारीको ११ रुपैयाँ ३० पैसा तिर्नुपर्ने भएपनि राजश्व संकलन गर्ने कर्मचारीले १५ रुपैयाँ लिने गरेका थिए । ठूला सवारीमा मूल्य अभिबृद्धि करसहित ५६ रुपैयाँ ५० पैसा हुने भएपनि ६० रुपैयाँ लिर्ईदै लिइएको थियो । माडी क्षेत्रमा सोही बाटो प्रयोग भएर दैनिक ३५ भन्दा बढी ठूला सवारी र एक सयभन्दा बढी मोटरसाईकल आवतजावत गर्ने माडीका अगुवा श्रीप्रसाद दवाडीले जानकारी दिए ।

माडी जाने करीव ९ किलोमिटर बाटो निकुञ्जभित्र पर्दछ । माडी जाने एक मात्र सडक यहि नै हो । माडी क्षेत्रमा ४० हजारभन्दा बढी जनसंख्या बसोबास गर्दछन् । सोही बाटो हुँदै ठोरीसम्म जान सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार