• होमपेज
  • समाचार
  • दिवाकर तीर्थकुमारी भलिबलको सेमीफाईनल समीकरण पुरा

दिवाकर तीर्थकुमारी भलिबलको सेमीफाईनल समीकरण पुरा

  • सोमवार, कार्तिक २०, २०७४
दिवाकर तीर्थकुमारी भलिबलको सेमीफाईनल समीकरण पुरा

चितवन, कार्तिक २०–

चितवनको माडीमा जारी दिवाकर तीर्थकुमारी खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा भएको छ ।
आज भएका खुल्ला तर्फहरुको खेलमा जित हात पार्दै कंचन समाज, चुलो रेष्टुरेन्ट, स्याउलिबास स्पोर्ट्स र मध्यबिन्दु भलिबल एेकेडेमी सेमीफाईलनमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेलमा नवलपुर स्पोर्टस एकेडेमी कावासोतीलाई कंचन समाजले पराजित गर्‍यो । यस्तै दोस्रो खेलमा  मध्यबिन्दु भलिबल एकेडेमीलाई पराजित गर्दै चुलो रेष्टुरेन्टले सेमीफाईनल यात्रा सुरक्षित गर्‍यो ।  तेस्रो खेलमा स्याउलिबास स्पोर्टसले न्यू किसान युवा क्लब दद्रेनी र चौथो खेलमा  मध्यबिन्दु भलिबल एेकेडेमीले हिमाल युवा क्लबलाई पराजित गर्न सफल भयो ।

यसैगरि आजै भएको भेट्रान तर्फको पहिलो खेलमा न्यू किसान युवा क्लब दद्रेनीलाई माडी खेलकुद परिषद् र बैरिया युवा क्लबलाई पराजित गर्दै बाग़बानी युवा समाज सेमीफाईलनमा प्रवेश गरेका छन् । भोली सेमीफाईनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका प्रेस संयोजक सन्तोष पनेरुले जानकारी दिए ।

खुल्ला तर्फको पहिलो सेमीफाईनलमा न्यू किसान युवा क्लबविरुद्ध स्याउलिबास स्पोर्ट्स क्लव र ।कंचन समाजविरुद्ध मध्यबिन्दु भलिबल एेकेडेमीबीचको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । त्यस्तै भेट्रान तर्फको पहिलो सेमीफाईनलमा भुपु सैनिकविरुद्ध बागबानी युवा समाज र दोस्रो सेमीफाईनलमा माडी खेलकुद परिषद्विरुद्ध हिमाल युवा क्लबबीच प्रतिस्पर्धा हुने जनाईएको छ ।

खुल्ला भलिबल तर्फका विजेताले ७५ हजार, द्धितिय हुनेले ५० हजार, सान्त्वना दुई समूहले २०/२० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने भेट्रान तर्फका विजेताले २० हजार, द्धितिय हुनेले १२ हजार र तृतीय हुनेले ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार