• होमपेज
  • Uncategorized
  • निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

  • सोमवार, कार्तिक २०, २०७४
निर्वाचनमा खटिने कर्मचारीले भोट हाल्न नपाउने,सर्वोच्चद्धारा निर्वाचन आयोगको निर्णय सदर

काठमाडौं,कार्तिक २०-

निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्न दिनुपर्ने माग गर्दै परेको रिटबारे फैसला गर्दै सर्वोच्च अदालतले कर्मचारीले भोट हाल्न नपाउने निर्वाचन अयोगको निर्णयलार्इ सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलाशले निवेदकको मागबमोजिम अन्तरिम अदेश जारी गर्नु नपर्ने फैसला गरेको हो । अन्तरिम आदेशको मागदाबीको सम्बन्धममा विचार गर्दा मतदानमा खटिएका कर्मचारीहरु समेतलाई संविधान र कानुन बमोजिम मतदानमा सम्मिलित गराउने सम्बन्धमा नेपालको संविधानको धारा ८४ को उपधारा ५ विपरीत नहुने गरी निर्वाचन आयोग स्वयंले त्यसतर्फ विचार गर्ने नै हुँदा हाल अन्तरिम आदेश जारी गर्नु परेन । नियामानुसार गर्नु, सर्वोच्चको फैसलामा भनिएको छ ।

निर्वाचनमा खटिने कर्मचारीले समानुपातिकतर्फ मतदान गर्न पाउनुपर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयका नायव सुब्बा भरतकुमार मैनालीले रिट हालेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार