• होमपेज
  • समाचार
  • नुवाकोटमा असिनाबाट तीन करोडको क्षति

नुवाकोटमा असिनाबाट तीन करोडको क्षति

  • सोमवार, कार्तिक २०, २०७४
नुवाकोटमा असिनाबाट तीन करोडको क्षति

नुवाकोट, कार्तिक २०–

धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकोटमा तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

गत साता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा.कमलराज गैरेले जानकारी दिनुभयो । असिनाले मेघाङ गाउँपालिकाका वडा नं ४, ५, ६ वडामा पर्ने सामरी भञ्ज्याङ, कल्लाबारी, थुम्का र फलाँटेमा ३९० हेक्टर क्षेत्रफलमा लगाइएको धान ५० देखि ९० प्रतिशतसम्म क्षति भएको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

यस्तै तारकेश्वर गाउँपालिका–१ दाङ्सिङमा पाँच हेक्टर, विदुर नपा–७ को महादेवखर्क, विदुर –१३ का कल्याणपुर, हुलाकघरका ११५ हेक्टर र ककनी गाउँपालिकाको ओखरपौवामा पाँच हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबालीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । असिनाले धेरै क्षति पुर्‍याएपछि कार्यालयले क्षतिको विवरण संकलनका लागि प्राविधकको टोली नै खटाएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार