• होमपेज
  • समाचार
  • बागलुङको दुर्गम सल्यान सुखौरामा पहिलो पटक टेलिकमको सेवा

बागलुङको दुर्गम सल्यान सुखौरामा पहिलो पटक टेलिकमको सेवा

  • सोमवार, कार्तिक २०, २०७४
बागलुङको दुर्गम सल्यान सुखौरामा पहिलो पटक टेलिकमको सेवा

थम्मन थापा

बागलुङ,कार्तिक २०-

बागलुङको बरेङ गाउपालिका वडा नं ४ सल्यानमा पहिलो पटक नेपाल टेलिकमको जिएसएम मोवाईल सेवा पुगेको छ । जिल्लाको दुर्गम गाउ सल्यान, सुखौरा र बाटाकाचौरका स्थानियको सुविधालाई मध्यनजर गरि मोवाईल सेवा विस्तार भएको हो ।

नेपाल टेलिकम बागलुङले सल्यानमा बिटिएस टावर निर्माण पश्चात सेवा शुभारम्भ गरि मोवाईल सेवा विस्तार गरेको वरिष्ठ ईन्जिनियर एवं नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । ग्रामिण क्षेत्रमा मोवाईल सेवाको पहॅुचलाई विस्तार गर्दै उपभोक्तालाई सर्वसुलभ ढंगले सेवा दिन टेलिकमले टावर विस्तारलाई तिव्रता दिएको टेलिकम प्रमुख शर्माले बताए ।

उक्त टावरमा टुजी र थ्रीजी सेवा सञ्चालन गरिएको छ । दुर्गम बस्तीहरुमा उच्च गतिको ईन्टरनेट सेवा प्रदान गर्न थ्रिजी पनि सञ्चालनमा ल्याएको शर्माको भनाई छ ।  मोवाईल टावर सञ्चालनमा आएपछि अहिले बरेङ गाउपालिकाको सल्यान, सुखौरा र बाटाकाचौरका करिब १ हजार घरधुरीका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

टेलिकमले तत्कालै जिल्लाको बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ र रेशमा टावर विस्तार गरि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार