• होमपेज
  • Uncategorized
  • राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष तिमल्सीना माओवादी केन्द्रमा प्रवेश

राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष तिमल्सीना माओवादी केन्द्रमा प्रवेश

  • शनिबार, कार्तिक १८, २०७४
राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष तिमल्सीना माओवादी केन्द्रमा प्रवेश

सुजन पण्डित

चितवन,कार्तिक १८-

राप्रपा(प्रजातान्त्रिक) चितवनका अध्यक्ष बद्री तिमल्सीना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज चितवनको माडीमा आयोजित एक कार्यक्रम मार्फत उनी माओवादीमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अभिर र माला लगाएर स्वागत गरेका छन् । उनिसंगै राप्रपा (प्रजातान्त्रिक) का ३१ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

सार्वजनिक कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दोस्रोपटक माडी पुगेका छन् । तिमिल्सिनाको टोली माओवादीमा प्रवेश गरेपछि चितवन ३ मा प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राप्रपा प्रजातान्त्रिक नेता विक्रम पाण्डे समस्यामा परेका छन् ।

उम्मेदवारी दर्ताको दिनमा समेत तिमिल्सिना लोकतान्त्रिक गठवन्धनका तर्फबाट अगुवाई गर्दै हिडिँरहेका थिए । तिमिल्सिना यसअघि कमल थापाको राप्रपा नेपालको जिल्ला अध्यक्ष थिए । उनी भरतपुर महानगरपालिकामा राप्रपाको तर्फबाट मेयरको उम्मेदवारसमेत थिए ।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि