• होमपेज
  • Uncategorized
  • विश्वभर करिब ५ करोड २० लाख बालबालिकामा हेपाटाइटिस

विश्वभर करिब ५ करोड २० लाख बालबालिकामा हेपाटाइटिस

  • शनिबार, कार्तिक १८, २०७४
विश्वभर करिब ५ करोड २० लाख बालबालिकामा हेपाटाइटिस

लस एन्जेल्स,कार्तिक १८ –

सेन्ट्रल अफ डिजिज अनलाइसिस फाउण्डेसन–कोलोराडो र इजिप्टको ऐन साम्स यूनिभर्सिटीले संयुक्त रूपमा विश्व हेपाटाइसिस सम्मेलनमा यही नोभेम्बर १ मा पेश गरिएको तथ्याङ्क अनुसार सन् २०१६ मा विश्वभर करिब ५ करोड २० लाख बालबालिका हेपाटाइटिसका विभिन्न समस्याबाट प्रभावित रहेका पाइएको जनाइएको छ।

ब्राजिलको साओ पाओलोमा हालै भएको सम्मेलनमा विश्वभर दुई करोड १० लाख बालबालिका एचआइभि÷एड्सबाट प्रभावित भएका तथ्याङ्क पेश भएको छ । त्यसैगरी सम्मेलनमा विभिन्न किसिमका हेपटाइटिसका कारण विरामी बालबालिकाको सङ्ख्या तीन करोड २५ लाख भएको जनाइएको छ।

सङ्क्रमित बालबालिकामध्ये चालीस लाख १९ बर्ष मूनिका बालबालिकालाई हेपाटाइटिस सी देखिएको छ भने चार करोड ८० लाख अठार बर्ष मूनिका कालकालिकामा हेपाटाइटिस बी देखिएको तथ्याङ्क छ।

यी दुवै रोगको सङ्क्रमणबाट कलेजोमा प्रभाव पर्ने, कलेजोको क्यान्सर हुने र अन्ततः मृत्युसमेत हुन्छ।

हेपाटाइटिस मामिला हेर्ने अन्तर्राष्ट्रिय सङ्गठनका कार्यकारी प्रमुख रकुएल पेकले भने, “विश्वभर बालबालिकामा हेपाटाइटिसको ठूलो समस्या देखिएको र ठूलो सङ्ख्यामा सर्वसाधारणको सङ्क्रमणका कारण मृत्यु हुनेगरेको छ ।”
“यसमा पनि अझ डरलाग्दो कुरा के छ भने धेरै सङ्क्रमित शिशु र बालबालिकामा त रोगको पहिचान नै हुन नपाउने गरेका वा उपचार नै नहुने गरेको छ। ”

सङ्क्रमितको ८० प्रतिशत विश्वका विभिन्न २१ विकासोन्मुख मुलुकले ओगटेको तथ्याङ्कमा जनाइएको छ । बालबालिकामा पाइने प्राय सङ्क्रमण आमामा भएको सङ्क्रमणबाट आउने गरेको र कतिपय अन्य कारणबाट पनि सङ्क्रमित भएका पाइने गरेका छन्। – रासस/सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि