• होमपेज
  • समाचार
  • एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस : अध्यक्ष ओली

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस : अध्यक्ष ओली

  • शनिबार, कार्तिक १८, २०७४
एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस : अध्यक्ष ओली

विराटनगर, कार्तिक १८ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएका हुन् ।

उनले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गरे । कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी शासन व्यवस्था आउँछ भन्दै भ्रमपूर्ण प्रचार गरेको उनको भनाइ थियो ।

कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले विराटनगरको औद्योगिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार