• होमपेज
  • Uncategorized
  • निर्वाचनसम्म नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकिने, गाडी चलेकै बेला पनि काम गर्ने

निर्वाचनसम्म नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकिने, गाडी चलेकै बेला पनि काम गर्ने

  • शनिबार, कार्तिक १८, २०७४
निर्वाचनसम्म नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकिने, गाडी चलेकै बेला पनि काम गर्ने

नारायण अधिकारी 

चितवन,कार्तिक १८

निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ।

सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ। एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ।

सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। ुअहिलेको सडक फराकिलो छ, एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ,ु उनले भने, ुभित्तो काट्नुपर्ने ठाउँमा भने बीचबीचमा केही समय सवारी रोकेर काम गर्न सकिन्छ।ु

आयोजनाले यसअघि झै दैनिक ६ घन्टा पूरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलोपालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताए। आउँदो मंगलबार ठेकेदार, परामर्शदाता कम्पनी, आयोजना र स्थानीय प्रशासनका बीचमा छलफल गरी यातायात सञ्चालन गरेर कसरी प्रभावकारी काम गर्न सकिन्छ भन्नेबारेमा छलफल गरिने पनि उनले बताए।

एउटा समयमा मुग्लिनबाट नारायणगढतर्फ आउने सवारी सञ्चालन गर्न दिइने र ती सवारी कटेपछि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीलाई छाडिने छ। भित्तो काटिसकेको ठाउँमा सडकको चौडा ९ देखि ११ मिटर फराकिलो भएकाले एकातर्फ सवारी गुड्दा पनि काम प्रभावित नहुने स्थानीय प्रशासनको ठम्याइ छ।

प्रमुख जिल्ला अधिकारी भट्टले निर्वाचनको समय भएकाले निर्वाचन सामग्रीदेखि मतदाता, कर्मचारीको आवतजावतमा कठिनाइ नहोस् भन्नका लागि यो प्रस्ताव गरिएको बताए। यसरी काम प्रभावकारी भएमा निर्वाचनपछि पनि सडक रोक्नुको साटो आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने उनको भनाइ छ।

सडकखण्डको विभिन्न ठाउँमा गरेर करिब ८०० मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ। जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको ठेकेदार कम्पनीले बताएका छन्। सडकको ९ किलोमिटर क्षेत्रको एकातर्फ भागमा एक तह कालोपत्रे सकेर दोस्रो तह कालोपत्रे गर्ने काम भइरहेको छ।

ठेकेदार कम्पनीलाई आगामी फेब्रुअरी २० तारिकसम्मको समय रहेको भए पनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने आयोजना प्रमुख यादवले बताए।
उनका अनुसार अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको छ। आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ।

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको उनले बताए। आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ। एक दिनमा ३०० मिटर हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए।

सडकको नारायणगढबाट १६ किलोमिटरमा ३०० मिटर, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी ३०० मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ। ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने खनालले बताए।

सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ। ‘ तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षाअघिसम्म भने काम सक्ने योजना छ,’खनालले भने, ‘आउँदो वर्षापछि यो सडकका कारण जनताले दुःख पाउँदैनन्।’

नारायणगढ मुग्लिन सडकखण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ। नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बनाइदैछ। सडकको सबै भाग कालोपत्रे गरिनेछ।रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि