• होमपेज
  • Uncategorized
  • पाँच वर्षका लागि स्थिर सरकार बने देशको मुहार फेर्छः प्रचण्ड

पाँच वर्षका लागि स्थिर सरकार बने देशको मुहार फेर्छः प्रचण्ड

  • शनिबार, कार्तिक १८, २०७४
पाँच वर्षका लागि स्थिर सरकार बने देशको मुहार फेर्छः प्रचण्ड

चितवन,कार्तिक १८-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थिर सरकारका लागि आगामी निर्वाचनमा वाम गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

शनिबार बिहान भरपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पाँच वर्षका लागि स्थिर सरकार बन्यो भने देशको मुहार फेरिने बताउँदै आगामी चुनावमा वाम गठबन्धनले जित्नुपर्न‌ै बताएका हुन । उनले भने, “स्थिर सरकारका लागि बामपन्थी शक्तिहरुले जित्नुपर्छ। पाँच वर्षका लागि स्थीर सरकार बन्यो भने देशको मुहार फेरिन्छ, मैले १० महिनामा जुन काम गरें, त्यसले इच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ । ५ वर्ष स्थीर सरकार बनाएर हामी देशको विकास र समृद्धिमा क्रान्तिकारी रुपान्तरण गर्न चाहन्छौं ।”

उनले भने, “मलाई चितवन आउँदा छुट्टै भावना पैदा हुन्छ, बचपनमा सँगै खेलेका पढेका साथीहरुसँग पुनर्मिलन भएको छ। हुर्काएका काका, काकी हुनुहुन्छ, पढाएका गुरुहरु हुनुहुन्छ। यसले मलाई पुराना दिनहरुको स्मरण गराएको छ ।”

Facebook Comments

सम्बन्धित समाचार