• होमपेज
  • समाचार
  • भारतमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ

भारतमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ

  • शनिबार, कार्तिक १८, २०७४
भारतमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ

पोखरा,कार्तिक १८-

भारतको राजस्थानमा आतंक मच्चाएर नेपाल छिरेका ३ भारतीय सुटर पक्राउ परेका छन् । प्रहरीका अनुसार, पक्राउ परेका ३ भारतीय हप्ता असुलीदेखि हत्यासम्मका आरोपमा मुद्दा खेपिरहेका व्यक्तिहरु हुन् । ४ भन्दा धेरैै हत्या आरोप र २५ भन्दा धेरै असुलीका मुद्दा उनीहरुमाथि रहेको प्रहरी दाबी छ ।

दुई भारतीय काठमाडौंको कमलादीबाट पेस्तोलसहित पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले ३ भारतीय सुटरसहित १ नेपालीलाई पोखराबाट पक्राउ गरेको हो । भारतको राजस्थान प्रहरीले नेपालको केन्द्रीय अनुसन्धान व्युरोलाई उनीहरुको बारेमा जानकारी गराएर खोजी गरिदिन केही समयदेखि आग्रह गर्दै आइरहेको थियो ।

भारतले आग्रह गरेको केही समयपछि उनीहरु पोखराबाट पक्राउ परेका हुन् । उनीहरुलाई सादा पोसाकमा गएका प्रहरीले प्रक्राउ गरेका थिए । भारतीय सुटर पोखरा छिरेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउको क्रममा अपराधीको भागाभाग नै भएको थियो । पक्राउ परेकाको परिचय भने प्रहरीले खुलाएको छैन ।

प्रहरीले उनीहरुसँगै अर्का १ जना नेपालीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि, ती नेपालीको पनि परिचय खुलाइएको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । गत १६ गते प्रहरीले काठमाडौंको कमलादीबाट दुई भारतीय पेस्तोलसहित पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुको साथबाट पञ्जाव प्रहरीको परिचयपत्र फेला परेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)