• होमपेज
  • Uncategorized
  • राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

  • शुक्रबार, कार्तिक १७, २०७४
राष्ट्रिय आइटिएफ तेक्वान्दो शुरु

नुवाकोट,कार्तिक १७ –

आइटिएफ तेक्वान्दो प्रतियोगिता आजदेखि शुरु भएको छ ।
नेपाल इन्टरनेशलन तेक्वान्दो महासंघ नुवाकोटको आयोजनामा १७ औँ सिनियर तथा दशैँ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटलाई खेलकुदको जिल्लाका रुपमा चिनाउनका लागि जिल्लावासीले खेलकुदलाई माया गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाले आइटिएफ तेक्वान्दो खेलमा नुवाकोटको योगदान उच्च रहेको बताउँदै नुवाकोटमै भइरहेका यस्ता खेलले अझै यस खेलको विकासमा थप टेवा पुग्ने बताउनुभयो ।

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाली सेनाको त्रिभुवन क्लब, सशस्त्र प्रहरी टोली र आयोजक नुवाकोट गरी आठ टोलीको सहभागिता रहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताका संयोजक वासुदेव भट्टले जानकारी दिनुभयो । प्रतियोगितामा ४१–४१ स्वर्ण र रजत तथा ८२ कास्य गरी १६४ पदकका लागि खेलाडीले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा २०० खेलाडीको सहभागिता छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि