• होमपेज
  • समाचार
  • सोलुखुम्बुमा एक विदेशीको लडेर मृत्यु

सोलुखुम्बुमा एक विदेशीको लडेर मृत्यु

  • शुक्रबार, कार्तिक १७, २०७४
सोलुखुम्बुमा एक विदेशीको लडेर मृत्यु

सोलुखुम्बु, कार्तिक १७ –

सोलुखुम्बुमा एक विदेशी नागरिकको लडेर ज्यान गएको छ । आमादब्लङ हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर वर्षे ५९ को कोरियन नागरिक न्यानहुन्लीको बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले जनाएको छ । हिमाल आरोहण गरेर फर्कने क्रममा बुधबार झण्डै ६ हजार ६ सय मिटरको उच्चाई पुग्दा लडेर उनी लडेका थिए ।
शवलाई आजै फिष्टल एयरको हेलिकप्टरबाट लुक्ला ल्याई कानुनी प्रकृया प्ररा गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । मौसम प्रतिकुलता नभए शवलाई पोष्टमार्टमका लागी शुक्रबार नै काठमाडौंको शिक्षण अस्पताल पठाइने सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक रेशम बहादुर पराजुलीले जानकारी दिनुभयो ।
कात्तिक ३ गते हाइट हिमाल ट्रेक कम्पनी काठमाडौंमार्फत उनीसहित सात जनाको टोली काठमाडांैबाट सोलुखुम्बु आएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार