• होमपेज
  • समाचार
  • निर्वाचनलगत्तै एमाले–माओवादी एक हुने – पोखरेल

निर्वाचनलगत्तै एमाले–माओवादी एक हुने – पोखरेल

  • शुक्रबार, कार्तिक १७, २०७४
निर्वाचनलगत्तै एमाले–माओवादी एक हुने – पोखरेल

काठमाडौँ,कार्तिक १७ 

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचन सकिएलगत्तै एकता हुने बताउनुभएको छ । एमाले टोखा – २ र ३ ले आज आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिनुभयो । काठमाडौँ क्षेत्र नं ५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहनुभएका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गर्नुभयो । “हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौँ”, उहाँले भन्नुभयो, “अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।” उहाँले टिकट वितरणमा केही असन्तुष्टि देखिए पनि मिलाएर लैजाने बताउनुभयो ।

“वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन”, उहाँले थप्नुभयो, “देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हँुदैन ।” कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापी रुपमा सजिलै जित्ने जिकिर गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)