• होमपेज
  • Uncategorized
  • पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बन्नु निजि क्षेत्रको प्रशंसनिय कामः उपराष्ट्रपति

पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बन्नु निजि क्षेत्रको प्रशंसनिय कामः उपराष्ट्रपति

  • शुक्रबार, कार्तिक १७, २०७४
पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बन्नु निजि क्षेत्रको प्रशंसनिय कामः उपराष्ट्रपति

चितवन,कार्तिक १७-

उपराष्ट्रपति नन्दकिशोर पुनले पोल्ट्री क्षेत्र नेपालको गौरव गर्न लाएक क्षेत्र भएको वताउनुभएको छ । चितवनमा आजदेखी सुरु भएको पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशमा हरेक क्षेत्रमा आयता वृद्धी भई व्यापार घाटा भैरहंदा कुखुरा र मासु आयातलाई प्रतिस्थापन गर्नु महत्वपूर्ण उपलव्धी भएको वताउनुभयो । उहांले पोल्ट्रिीलाई आत्मनिर्भर बनाउन निजि क्षेत्रले खेलको भुमिकाको प्रसंसा गर्नुभयो । उपराष्ट्रपति पुनले आत्मनिर्भर बन्न सफल पोल्ट्री क्षेत्रले अन्य क्षेत्रलाई पनि ठुलो शिक्षा दिने वताउनुभयो । सरकारले पोल्ट्रीलाई उदाहरणको रुपमा लिंदै सवै क्षेत्रमा आत्मनिर्भर बन्ने अभियानमा लाग्नुपर्ने उहांले वताउनु भयो । पोल्ट्री क्षेत्रको उत्पादनलाई क्रमश बढाउदैं अन्र्तराष्ट्रियकरण गर्दै लैजानुपर्ने पुनको भनाई छ ।

अर्को प्रशंगमा उपराष्ट्रपति पुनले संविधान कार्यान्वयन अन्तिम चरण रहेको भन्दैं प्रतिनिधी र संघिय निर्वाचनमा उत्साहजनक रुपमा सहभागि हुन सवैलाई आव्हान गर्नूभयो । निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न उहांले आग्रह गर्नुभयो ।

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले पोल्ट्री क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै विसं २०६८ मा पक्षी नीति निर्माण गरी नीतिगतरुपमा पोल्ट्री क्षेत्रको विकासका लागि टेवा पु¥याउने काम भइरहेको बताउनुभयो । आत्मनिर्भर हुँदै गएको यो व्यवसायको विकासमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो व्यवसायको विकास र विस्तारका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँदै विश्वका विभिन्न देश पुगेर अवलोकन गर्नुपर्ने प्रदर्शनी स्वदेशमै हुनु आफैँमा महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments

सम्बन्धित समाचार