• होमपेज
  • मनोरञ्जन
  • दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत रिलिज (भिडियो)

दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत रिलिज (भिडियो)

  • शुक्रबार, कार्तिक १७, २०७४
दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौँ,कार्तिक १७ –

नायक दयाहाङ राई र नायिका श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका विच फिल्ममा समावेश लोक लयको ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने अञ्जु पन्त र राजनराजकै स्वर रहेको छ ।

बसन्त श्रेष्ठ कोरियोग्राफर रहेको गीतको भिडियोमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरु फिचरिङ छन् । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई ‘कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् ।

गीत रिलिज कार्यक्रममा बोल्दै नायिका श्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेको बताइन् । फिल्ममा उनले ुकान्छीुको भूमिका निर्वाहा गरेकी छिन् । कार्यक्रममा २३ वर्ष अगाडि निर्माण भएको फिल्म ‘कान्छी’का नायक शिव श्रेष्ठ र नायिका शर्मिला मल्ललाई फिल्मको टीमले माला लगाएर सम्मान गर्‍यो । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । ‘कोहिनूर’पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

गीत हेर्नुहोस् :-

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि