• होमपेज
  • समाचार
  • राजविराजमा विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही

राजविराजमा विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही

  • शुक्रबार, कार्तिक १७, २०७४
राजविराजमा विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही

राजविराज,कार्तिक १७ –

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरी गर्ने ५८ जनामाथि कारबाही गरेको छ ।

प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले दिनुभएको जानकारीअनुसार २०७४ साउनदेखि हालसम्म जिल्लाको विभिन्न ठाउँमा गरिएको छड्के अनुगमन तथा विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत रु तीन लाख ३१ हजार ७५६ राजश्व असुली समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्राधिकरणका कर्मचारीको संयुक्तरुपमा खटिएको अनुगमन टोलीले ३२ थान पानी तान्ने मोटर, १० थान टिभी, पाँच थान स्टेप्लेजर, तीन थान पंखा र एक थान फ्रिज समेत बरामद गरेको छ । दीपावली र छठ सकिएपछि पुनः विद्युत् चुहावट नियन्त्रणका लागि प्राधिकरणले काम थालेको प्रमुख साहले बताउनुभयो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)