• होमपेज
  • Uncategorized
  • निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

  • शुक्रबार, कार्तिक १७, २०७४
निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची आज सार्वजनिक गर्दै

काठमाडौँ,कार्तिक १७-

मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फ बुझाएको बन्दसूची निर्वाचन आयोगले आज सार्वजनिक गर्ने भएको छ । आज सार्वजनिक गरिएका सूचीमध्येबाट प्रदेश र प्रतिनिधिसभाका समानुपातिक तर्फका ३३० जना सदस्य निर्वाचित हुनेछन् ।

गत असोज २९ गते दलहरुले बुझाएको सूचीका त्रुटी सच्याउँदै निर्वाचन अधिकृतको कार्यालयले बेलुका ५ बजेभित्र सूची सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए । प्रवक्ता ढकालका अनुसार समानुपातिकतर्फ आयोगमा प्रतिनिधिसभा तर्फ ४९ र प्रदेश सभातर्फ ५५ दलले बन्दसूची बुझाएका थिए ।

अधिकांश दलले बुझाएको बन्दसूचीमा त्रुटी भएपछि आयोगले सुर्धान कार्तिक १२ गतेसम्मको म्याद दिएको थियो । समानुपातिकतर्फ प्रतिनिधिसभामा १ सय १० र सातै प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् ।

निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभातर्फ बिहीबार मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज विरोधको उजुरी दिने समय छुट्याईएको छ । उजुरीका लागि आयोगले बिहान १० देखि साँझ ५ बजेसम्मको समय दिएको छ । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ निर्वाचन क्षेत्रका लागि हिजो झण्डै १ हजार ८ सयले मनोनयन दर्ता गराएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि