• होमपेज
  • Uncategorized
  • थारु पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

थारु पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

  • शुक्रबार, कार्तिक १७, २०७४
थारु पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

कारी महतो,

चितवन, कार्तिक १७–

चितवनको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेज एवम् टिचिङ्ग हस्पिटलका मेनेजिङ्ग डाइरेक्टर डा. मनोज कुमार चौधरी र प्रशासकीय प्रमुख हेमा कुमारी चौधरीले थारु पत्रकार संघ नेपाललाई उत्कृष्ट थारु पत्रकारिता पुरस्कारका लागि अक्षय कोष स्थापना गर्न १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । थारु पत्रकार संघ नेपालको चितवन शाखा मार्फत उक्त रकम केन्द्रीय समितिलाई प्रदान गरिएको हो ।

गतवर्ष २०७३ भदौ २५ गते चितवनको सौराहामा भएको थारु पत्रकार संघ नेपालको पाँचौ वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा प्रमुख अतिथिको मन्तव्यको क्रममा डा. मनोज कुमार चौधरीले उक्त रकम अक्षय कोषका लागि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

थारु पत्रकार संघ चितवन शाखाको जिल्ला साधारण सभा पश्चात अध्यक्ष, उपाध्यक्ष र सचिवको एक टोली उक्त प्रतिबद्धता बारे ओएसिस मेडिकल कलेजलाई स्मरण गराएका थिए । २०७४ कातिक १५ गते ओएसिस मेडिकल कलेजका प्रशासकीय प्रमुख हेमा कुमारी चौधरीले थारु पत्रकार संघ चितवन शाखाका उपाध्यक्ष सुमित्रा महतोलाई उक्त रकम हस्तान्त्रण गरेपछि कार्तिक १६ गते सो रकम काठमाडौं स्थित राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको थारु पत्रकार संघ नेपालको केन्द्रीय समितिको खाता नं. ११३०००३४०५०१ मा चितवन शाखाका अध्यक्ष कारी महतोले उक्त रकम डिपोजिट गरेका छन् ।

ओएसिस मेडिकल कलेजले उपलब्ध गराएको थारु पत्रकारिता पुरस्कारसहित थारु पत्रकार संघ नेपालले वार्षिक तीन जनालाई उत्कृष्ट थारु पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार