• होमपेज
  • समाचार
  • चीन पठाउने गैँडाका लागि निकुञ्जमा ‘बुमा’ बनाउन शुरु

चीन पठाउने गैँडाका लागि निकुञ्जमा ‘बुमा’ बनाउन शुरु

  • शुक्रबार, कार्तिक १७, २०७४
चीन पठाउने गैँडाका लागि निकुञ्जमा ‘बुमा’ बनाउन शुरु

चितवन, कार्तिक १७–

चीनमा पठाउने दुर्लभ एकसिंगे गैँडा राख्नका लागि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहामा ‘बुमा’ (गैँडा राख्ने विशेष स्थान) को निर्माण शुरु भएको छ ।

सौराहाको निकुञ्ज कार्यालयसँगै जोडिएको जंगलमा बुमा निर्माण गर्न थालिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । सौराहा नजिकै जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको ‘बुमा’ बनाउन थालिएको उहाँको भनाइ छ । बुमाको चारैतर्फ तल्लो भागमा कङ्क्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने उहाँको भनाइ छ ।

उक्त चौघेराभित्र गैँडा मात्रै अट्ने विशेष प्रकारको खाल्डो बनाइने र गैँडालाई राखेर खानेकुरा दिइने निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

एकैचोटि गैँडा पठाउँदा मर्न सक्ने भएकाले पहिले बानी पारेर पठाउनुपर्ने हुँदा बाह्य देशमा यसरी गैँडा लैजाँदा बुमामा राखेर पठाइने गरिन्छ । पठाउनु अघि करिब एक महिना गैँडालाई बुमामा राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैँडा लैजाने विषयमा केही दिनअघि चिनियाँ अधिकारी आएर आगामी तीन महिनाभित्रमा गैँडा लैजाने सहमति भएपछि बुमा निर्माणको काम थालिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले आगामी तीनदेखि चार महिनाको अन्तरालमा गैँडा पठाइने जानकारी दिनुभयो । चितवनबाट लैजाने दुई जोडी गैँडालाई चीनको चिमे लङ्ग सफारी पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिनेछ ।

अर्ना जसरी गैँडा पनि मर्‍यो भने समस्या आउने भएकाले पहिलो चरणमा चितवन निकुञ्जको सौराहा सेक्टरमा बुमा (एक प्रकारको खोर)मा राखिनेछ । सरकारले २०७३ साल असारमा दुई जोडी गैँडा चीनलाई उपहार दिने निर्णय गरे पनि अहिले मात्र पठाउने प्रक्रिया थालिएको हो । चार वर्षभन्दा कम उमेरका गैँडा पठाइने निकुञ्जले जनाएको छ । –रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)