• होमपेज
  • समाचार
  • दोस्रो चरणको निर्वाचनमा ४ हजार ७०८ जनाको उम्मेदवारी

दोस्रो चरणको निर्वाचनमा ४ हजार ७०८ जनाको उम्मेदवारी

  • शुक्रबार, कार्तिक १७, २०७४
दोस्रो चरणको निर्वाचनमा ४ हजार ७०८ जनाको उम्मेदवारी

काठमाडौँ, कार्तिक १७–

दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ ।

उक्त उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट बेलुका ८:३० बजेसम्मको विवरणअनुसार, प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको सूचना प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार