• होमपेज
  • Uncategorized
  • चितवनमा उत्साहजनक मनोनयन दर्ता, कसको समर्थक र प्रस्तावक को ?

चितवनमा उत्साहजनक मनोनयन दर्ता, कसको समर्थक र प्रस्तावक को ?

  • बिहिबार, कार्तिक १६, २०७४
चितवनमा उत्साहजनक मनोनयन दर्ता, कसको समर्थक र प्रस्तावक को ?

चितवन, कार्तिक १६–

आगामि मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आज चितवनमा उल्लाहसपूर्ण रुपमा मनोनयन दर्ता गरिएको छ । ठूला दलहरु वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु नाराबाजी गर्दै मनोनयन दर्ता गर्न पुगेका थिए ।

भरतपुरको रिजाल चोक सुरु भएको वामगठबन्धनको र्‍याली चौविसकोठी हुँदै मूख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेको थियो । वागठबन्धनबाट चितवन क्षेत्र नं.१ मा एमाले पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नं.२ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र चितवन क्षेत्र नं.३ मा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेद्वारी दर्ता गराउनुभएको छ । प्रचण्डको प्रस्तावकमा अमिक शेरचन र समर्थकमा रामजी सापकोटा रहनु भएको छ । यस्तै नेता पाण्डेको प्रस्तावकमा लालमणी चौधरी र समर्थकमा प्रभा बराल रहनु भएको छ । यस्तै पोखरेलको प्रस्तावकमा देवीप्रसाद ज्ञवाली र समर्थकमा कृष्णराज न्यौपाने रहनु भएको छ ।

यस्तै वामगठबन्धनबाटै प्रदेश तर्फ चितवन क्षेत्र नं. १ (क)मा दावा दोर्जे लामा, र (ख) मा कृष्ण खनाल, क्षेत्र नं.२ (क) मा घनश्याम दाहाल (ख)मा विजय सुवेदी, क्षेत्र नं.३ (क)मा कृष्ण भुर्तेल र (ख)मा रामलाल महतोले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

उम्मेद्वारी दर्ता पछि बोल्दै माओवादी (केन्द्र)का अध्यक्ष प्रचण्डले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास वामगठबन्धनले तोड्नु बताउनुभयो । उहाँले वामगठबन्धनले बहुमत ल्याएर ढुक्कका साथ पाँच वर्ष नेतृत्व गर्ने बताउनुभयो । उहाँले आफू ११ वर्षपछि गृहजिल्ला चितवनबाट चुनाव लड्न लागेको भन्दै जनताको मायाले उत्साह जागेको बताउनुभयो ।

यस्तै उम्मेद्वारी दर्तापछि बोल्दै एमाले नेता सुरेन्द्र पाण्डेले चितवनको विकास दुई दाजुभाईले मिलेर गर्ने बताउनुभयो । उहाँले प्रचण्ड पूर्व प्रधानमन्त्री र आफू पूर्व अर्थमन्त्री भएको भन्दै चितवनबाटैै विकासको गति लिने बताउनुभयो ।

यता काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले पनि तामझामका साथ मनोनयन दर्ता गराएको छ । केन्द्रीय बस टर्मिनल भरतपुरबाट निश्किएको र्‍यालीमा काँग्रेस र राप्रपा (प्रजातान्त्रिक)का कार्यकर्ताहरु नाराबाजी गर्दै मनोनयन दर्ता गराउन पुगेका थिए ।

लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नं.१ मा राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं.२ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र क्षेत्र नं.३ मा वन तथा भूसंरक्षण मन्त्री एवंम राप्रपा (प्रजतान्त्रिक)कका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

नेता पाण्डेको प्रस्तावकमा शंकरप्रसाद कँडेल र समर्थकमा सुरजकुमार न्यौपाने रहनु भएको छ । यस्तै नेता अधिकारीको प्रस्तावकमा भुपतीदास सापकोटा र समर्थकमा नारायण चालिसे रहनु भएको छ ।

उम्मेद्वारी दर्ता गरेपछि पत्रकारहरुसंग बोल्दै नेता विक्रम पाण्डेले आफू २० वर्षदेखि चितवनका जनतासंग हातेमालो गर्दै अघि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । उहाँले क्षेत्र नं.३ को विकास निर्माणमा आफ्नो योगदान रहेको भन्दै आफ्नो जितसंगै यहाँको विकास निर्माणले तदारुकता पाउने बताउनुभयो ।

यसैगरि आज विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, देशभक्त जनगणतान्त्रिक नेपाल, संघीय समाजवादी पार्टीलगायत स्वतन्त्र उम्मेद्वार उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार