• होमपेज
  • समाचार
  • उपत्यकामा एमालेका दश र माओवादीका पाँच उम्मेदवार

उपत्यकामा एमालेका दश र माओवादीका पाँच उम्मेदवार

  • बिहिबार, कार्तिक १६, २०७४
उपत्यकामा एमालेका दश र माओवादीका पाँच उम्मेदवार

काठमाडौँ,कार्तिक १६ –

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाका १५ स्थानमध्ये नेकपा (एमाले) बाट १० र नेकपा (माओवादी केन्द्र) बाट पाँच स्थानमा आज मनोनयनपत्र दर्ता गराइँदै छ ।

काठमाडौँमा माओवादी केन्द्रले प्रतिनिधि सभाको क्षेत्र नं १, ६ र १०, भक्तपुरमा क्षेत्र नं १ र ललितपुरमा क्षेत्र नं ३ मा उम्मेदवारी दिएको छ भने अन्य बाँकी क्षेत्रमा एमालेका उम्मेदवार हुनेछन् ।

चुनावी तालमेल र चुनावपछि पार्टी एकताको घोषणा गरेका यी दुई दलका शीर्ष तहका नेता सम्मिलित कार्यदलले उक्त सहमति गरेको हो । एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वैकल्पिक पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित विभिन्न क्षेत्रअन्तर्गत प्रदेशसभामा उम्मेदवार बन्नुभएको छ ।

काठमाडौँमा क्षेत्र नं १ मा अनिल शर्मा, २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हितमान शाक्य उम्मेवार हुनुभएको छ ।

प्रतिनिधि सभामा भक्तपुर क्षेत्र नं १ मा मिलन सुवाल, २ मा महेश बस्नेत, ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसाल मैदानमा उत्रनुभएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)