• होमपेज
  • समाचार
  • भक्तपुरमा एकविदेशीसहित चार जना मृत फेला

भक्तपुरमा एकविदेशीसहित चार जना मृत फेला

  • बिहिबार, कार्तिक १६, २०७४
भक्तपुरमा एकविदेशीसहित चार जना मृत फेला

भक्तपुर, कार्तिक १६ –

दुई दिनको अवधिमा भक्तपुरका चार छुट्टाछट्टै स्थानमा एक जना विदेशीसहित चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार नगरकोटस्थित होटल हिमालयन भिल्लामा बंगलादेशको नागरिक ३४ वर्षीय हसन फेरोदोस अचानक बेहोस भएको र उपचारको लागि डा. ईवामुरा अस्पताल लगिएकोमा डाक्टरले मृत्यु भइसकेको घोषणा गरेको हो ।

परिसरका प्रवक्ता कृष्ण प्रसाईका अनुसार सूर्यविनायक नगरपालिका ८ जगातीमा धादिङ बैरेनी ९ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय शम्भु खत्रीलाई महानगरीय प्रहरी वृत्त जगातीको मोवाइल टोलीले अचेत अवस्थामा फेला पारी भक्तपुर अस्पताल लगेकोमा डाक्टरले मृत्यु भइसकेको घोषण गरेको थियो ।

यसैगरी ओखलढुंगा घर भइ हाल सूर्यविनायक नगरपालिका ३ बालकोट बस्ने ३२ वर्षीया सरिता सार्की बेलुका खाना खाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको प्रवक्त प्रसाईले बताए।

यस्तैगरी सूर्यविनायक नगरपालिका ९ भातेढिकुरस्थित होटल भ्यूमा लेवर काम गर्ने र होटलको छाप्रोमा बस्ने उदयपुर त्रियुगा नगरपालिका १६ को ३० वर्षीय नवराज राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी सबै घटनाहरूबारे थप अनुसन्धान भइरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)