• होमपेज
  • Uncategorized
  • लियो नारायणगढ चित्रवनको निःशुल्क दन्त शिविर

लियो नारायणगढ चित्रवनको निःशुल्क दन्त शिविर

  • बुधबार, कार्तिक १५, २०७४
लियो नारायणगढ चित्रवनको निःशुल्क दन्त शिविर

चितवन, कार्तिक १५-

लायन्स क्लव अफ नारायणगढ चित्रवन र लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा बुधबार निःशुल्क दन्त शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

चितवन मेडिकल कलेजको सहयोगमा भरतपुर १३ उज्जवल नगरमा गरिएको कार्यक्रममा २ सय भन्दा बढिको दन्त परीक्षण गरिएको लियो क्लव अफ नारायणगढ चित्रवनका अध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिए । यसअघि उद्घाटन कार्यक्रम भरतपुर १३ का अध्यक्ष प्रकाश दवाडीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा चितवन मेडिकल कलेजका डा.हरेन्द्र सिंहको विशेष उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार