• होमपेज
  • Uncategorized
  • दुर्घटनाका बिरामीलाई भरतपुर अस्पतालमा ल्याउन आग्रह

दुर्घटनाका बिरामीलाई भरतपुर अस्पतालमा ल्याउन आग्रह

  • बुधबार, कार्तिक १५, २०७४
दुर्घटनाका बिरामीलाई भरतपुर अस्पतालमा ल्याउन आग्रह

चितवन, कार्तिक १५-

भरतपुर अस्पतालले सुविधा थपिएसंगै दुर्घटनामा घाईते भएकाहरुको उपचार सहज बनेको जनाएको छ । अस्पतालले सम्बन्धीत निकायलाई दुर्घटनाका घाईतेहरुलाई भरतपुर अस्पतालमा उपचार गराउन ध्यानाकर्षण समेत गराएको छ ।

यातायात ब्यवसायीको नेतृत्वसंगको छलफलमा भरतपुर अस्पताल सुविधा सम्पन्न भएको जानकारी गराउँदै घाईतेहरुलाई उपचारका लागि ल्याउन आग्रह गरेको छ । अस्पताल संचालक समितिले स्थानीय प्रशासन, यातायात ब्यवसायीसंग सर्वपक्षिय छलफल गरेको थियो । अस्पतालमा न्यूरो सर्जरी, सिटि स्क्यान मेसिन राखेपछि बिरामी बाहिर लाने अवस्था नरहेको भन्दै सरकारी अस्पताललाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ ।

सरकारी अस्पतालको सेवा विश्वसनिय रहेको भन्दै सेवामा अझै विश्वसनियता बढाउदै लैजाने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो । पछिल्लो समय अस्पतालमा ल्याईएको उपकरणले अस्पतालको सेवा प्रभावकारी रहेको उहाँले दावि गर्नुभयो । बिमा गरेका बिरामीहरुलाई नीजि अस्पतालमा लाने परिपाटी अन्त्य गरी सरकारी अस्पताललाई प्राथमिकता दिन अध्यक्ष राजभण्डारीले गर्न आग्रह गर्नुभयो ।

सवारी दुर्घटनामा घाईते हुनेहरुको उपचारका लागि भरतपुर अस्पतालमा ल्याउन आफुहरु सकारात्मक रहेको भन्दै यातायात ब्यवसायीहरुले सैद्धान्तिक सहमति गरेका छन । उनीहरुले दुर्घटनाका घाईतेको उपचारमा प्राथमिकता दिनका स्वासथ्यकर्मीलाई निर्देशन दिन सुझाव समेत दिएका थिए । दुर्घटना भएपछिका घाईतेहरुलाई यसअघि नीजि मेडिकल कलेज र अस्पतालमा उपचार गराउन लैजाने गरेका थिए । अस्पतालको थप उपकरणसंगै सबै उपचार सेवा प्रभावकारी भएको अस्पतालका मेडिकल सुपेरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताउनुभयो ।

छलफल कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, चितवनका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यको उपस्थिती रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार