• होमपेज
  • समाचार
  • कमलादीमा गोली चल्यो, भारतीय नागरिक पक्राउ

कमलादीमा गोली चल्यो, भारतीय नागरिक पक्राउ

  • बुधबार, कार्तिक १५, २०७४
कमलादीमा गोली चल्यो, भारतीय नागरिक पक्राउ

काठमाडौं, कार्तिक १५-

गोली चलाएर भाग्दै गरेका दुई भारतीय नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

कमलादीस्थित हेरिटेज प्लाजामा आज (बुधबार) साँझ गोली चलाएर भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल र ५१ वटा गोल बरामद गरेको छ । गोली कसलाई हानिएको थियो भन्ने बारे अझै खुलेको छैन ।

महानगरीय प्रहरी परिषर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखेर अनुसन्धान भईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार