चितवन, कार्तिक १५-
स्थानीय तहको निर्वाचन र त्यसपश्चात माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा शब्दमा गाली गर्न उत्रिएका एमालेका नेता देवी ज्ञवाली अन्तत प्रचण्डलाई जितउन कमाण्डर बन्ने भएका छन् ।
चितवनमा वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन निर्माण गरिएको संयुक्त निर्वाचन समितिको उपसंयोजकमा देवी ज्ञवालीलाई राखिएको छ । ज्ञवालीसंगै एमालेका कृष्णप्रसाद खनाल पनि उपसंयोजक छन् ।
वामगठबन्धनले गरेको पत्रकार सम्मेलनमा समेत ज्ञवाली उपस्थित थिए । मञ्चमा आसन ग्रहण गर्न पुगेका ज्ञवाली ठाउँ नपुगेपछि मञ्चमै नबसी पछाडी बस्न गएका थिए ।