• होमपेज
  • Uncategorized
  • प्रचण्डको क्षेत्रमा एमालेका युवा नेता न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिने

प्रचण्डको क्षेत्रमा एमालेका युवा नेता न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिने

  • बुधबार, कार्तिक १५, २०७४
प्रचण्डको क्षेत्रमा एमालेका युवा नेता न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिने

चितवन, कार्तिक १५-

वामगठबन्धनबाट माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनाव लड्ने चितवन क्षेत्र नं.३ मा एमालेका युवा नेता राम न्यौपानेले स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् ।

नेता न्यौपानेले प्रदेश तर्फ क्षेत्र नं.३ (ख)मा स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेका नारायणी अनलाईनसंग बताए । उनले एमालेको बलियो जनमत रहेको क्षेत्र नै माओवादीलाई दिएको भन्दै आफू स्वतन्त्र उम्मेद्वारी दिने तयारी गरेको बताए । उनले प्रतिनिधि सभामा सोही क्षेत्रबाट लड्न लागेको माओवादी अध्यक्ष प्रचण्डलाई समेत असहयोग गर्ने चेतावनी दिए ।  प्रचण्डले चुनाव जित्न पनि सो क्षेत्र एमालेलाई दिनुपर्ने उनको भनाई छ ।

प्रदेश तर्फ एमालेले न्यौपानेसहितका केही नेताहरुको नाम सिफारिस गरेको थियो । तर वामगठबन्धमा सिट बाँडफाडको क्रममा सो क्षेत्र माओवादीलाई दिने सहमती भएपछि युवा नेता न्यौपाने रुष्ट भएका हुन् । सो क्षेत्र माओवादीलाई दिने सहमती भईसकेपछि अहिले सो क्षेत्रका एमाले नेता तथा कार्यकर्ता निकै आक्रोशित बनेका छन् ।

मंसिर २१ गते हुने निर्वाचनको लागि भोली (विहीबार) मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार