• होमपेज
  • Uncategorized
  • पेटमा ६०० फलामका काँटी भेटिएपछि चुम्बकले गरियो शल्यक्रिया

पेटमा ६०० फलामका काँटी भेटिएपछि चुम्बकले गरियो शल्यक्रिया

  • बुधबार, कार्तिक १५, २०७४
पेटमा ६०० फलामका काँटी भेटिएपछि चुम्बकले गरियो शल्यक्रिया

एजेन्सी,कार्तिक १५

कोलकतामा एउटा आश्चर्यजनक घटना फेला परेको छ । त्यहाँका चिकित्सकले एक व्यक्तिको पेटमा ६०० वटा फलामका काँटी भेटाएका हुन् । प्रदिप कुमार दाही नाम गरेका ती व्यक्तिको पेट जोड्सँग दुख्न थालेपछि उनका परिवारले उनलाई अस्पताल भर्ना गरेका थिए । त्यसपछि चिकित्सकले सोनोग्राफीको रिपोर्ट हेरेर मात्र उनको हालत् थाहा पाएका थिए । यस घटनाले उनको घरपरिवार लगायत अस्पतालका सम्पूर्ण कर्मचारीलाई अचम्ममा पारेको थियो । तर त्यति धेरै किल्ला पेटमा पुग्दा पनि उनका कुनै अङ्गमा गहिरो चोट वा घाउ नभएको देखेर पहिले त चिकित्सहरुलाई विश्वास लागेको थिएन ।

वास्तवमा प्रदीपलाई फलामका काँटी खाने बानी लागेको चिकित्सकले बताएका हुन् । तर उनले धेरैधेरै खान थालेपछि भने ती काँटीहर उनका पेटमा जम्मा भएर बसेका थिए । यसले उनको शरीरमा गम्भीर असर गर्न सक्थ्यो तर ती काँटीले उनको पेटमा कतै घाउ बनाएको थिएन । फलामको काँटी भएकाले उनको शल्यक्रिया गर्न चुम्बकको प्रयोग गरिएको थियो । यसका लागि चिकित्सकहरुले पहिले उनको पेट चिरेर त्यहाँ हल्का चुम्बकको प्रयोग गरि बिस्तारै बिस्तारै सबै काँटीहरु निकालेको बताए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)