• होमपेज
  • समाचार
  • कुनै बेला आफ्नै पिए बनेका रावलसँग चुनाव लड्दै राठौर

कुनै बेला आफ्नै पिए बनेका रावलसँग चुनाव लड्दै राठौर

  • बुधबार, कार्तिक १५, २०७४
कुनै बेला आफ्नै पिए बनेका रावलसँग चुनाव लड्दै राठौर

धनगढी,कार्तिक १५ –

एमाले परित्याग गरेका पूर्वशिक्षा राज्यमन्त्री मोहनसिंह राठौरको आसन्न निर्वाचनमा आफू मन्त्री हुँदाका पिएसँग चुनावी भिडन्त हुने भएको छ ।

एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका राठौरलाई कांग्रेस संसदीय समितिको बैठकले कैलाली क्षेत्र नं। २ बाट टिकट दिएसँगै उनको यस्तो प्रतिष्पर्धा हुन लागेको हो । सोही क्षेत्रबाट राठौर मन्त्रि हुँदाका उनका पिए झपट रावललाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको छ । रावल पहिलो संविधानसभाको निर्वाचन अघिको अन्तरिम सरकारमा शिक्षा राज्यमन्त्री बनेका राठौरका पिए (स्वकिय सचिव) बनेका थिए ।

एमालेका रावल एमाले नेता भीम रावलका निकट मानिन्छन् भने राठौरको एमालेमा रहँदा भीम रावलसँग कटुतापूर्ण सम्बन्ध रहेको थियो । राठौरले आफूलाई एमालेबाट भीम रावलले नै लखेटेको बयान दिँदै आएका छन् । यसअघि संसदको सुशासन तथा अनुगमन समितिका सभापति रहेका राठौर २०७० मा कैलालीको ६ क्षेत्रमध्ये एमालेबाट जित्ने एक्ला उम्मेदवार हुन् ।

Facebook Comments

सम्बन्धित समाचार