• होमपेज
  • Uncategorized
  • पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा टुंगियो, कुन क्षेत्र कसलाई ? (हेर्नुहोस सूचीसहित)

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा टुंगियो, कुन क्षेत्र कसलाई ? (हेर्नुहोस सूचीसहित)

  • शुक्रबार, कार्तिक ३, २०७४
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा एमाले र माओवादीको भागबण्डा टुंगियो, कुन क्षेत्र कसलाई ? (हेर्नुहोस सूचीसहित)

काठमाडौं, कार्तिक ३–

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो । दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा भागबण्डा गरिएको प्रतिनिधिसभाका सिटहरू यस प्रकारको छः

 

 

यसैगरि  पार्टी एकीकरणको मिलन विन्दुमा पुगेका नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ७४ वटा प्रदेशसभाका सिटको बाँडफाँट पनि टुंगो लगाएका छन् ।

७४ मध्ये ४१ सिट एमालेले लिएको छ भने माओवादीले ३३ सिट भाग पाएको छ । प्रतिशतको हिसाबले पहिलो चरणको चुनावमा प्रदेशसभामा एमालेले करिब ५५ प्रतिशत र माओवादीले भण्डै ४५ प्रतिशत भाग पाएको छ ।

बाँकी दोस्रो चरणको चुनाव हुने ४५ जिल्लाको तालमेललाई पनि केही दिनभित्रै टुंगो लगाइने बताइएको छ ।

एमालेले प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, लमजुङ, मनाङ, मुस्ताङ जाजरकोट र बाजुराका सबै सिटहरु आफ्नो भागमा पारेको छ ।

त्यसैगरी माओवादीले प्रदेशसभातर्फ रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, गोरखा-२ र हुम्लाका सबै सीट आफ्नो भागमा पारेको छ । बाँकी चुनाव क्षेत्रका प्रदेशसभाहरुमा दुबै दलले लगभग बराबरी भागवण्डा गरेका छन् ।

सूची हेर्नुहोस्

स्रोतः अनलाईन खबरबाट

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)