• होमपेज
  • समाचार
  • जाजरकोटमा बस दुर्घटनाः दुईजनाको मृत्यु

जाजरकोटमा बस दुर्घटनाः दुईजनाको मृत्यु

  • शुक्रबार, कार्तिक ३, २०७४
जाजरकोटमा बस दुर्घटनाः दुईजनाको मृत्यु

जाजरकोट, कार्तिक ३–

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

बसमा सवार १२ जना घाइते भएका छन् । छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट बस तीन सय मिटर तल भेरी नदीमा खसेको प्रत्यक्षदर्शी पशुपति शाहीले जानकारी दिनुभयो ।

बसमा २५ जना यात्रु सवार थिए । मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार